logo
२०७६ चैत्र २० बिहीवार

नेपाली रङ्गमञ्चले भिडियोबाट नाट्य महोत्सव गर्ने

कला |


2020-03-26-10927


काठमाडौँ, चैत १३ गते । थिएटर मल, कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल) ले मार्च २७ (चैत १४) अर्थात् विश्व रङ्गमञ्च दिवसका अवसरमा भिडियोमार्फत ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव–२०७६’ गर्ने भएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले लकडाउनको घोषणा गरेपछि भिडियोमार्फत महोत्सवको आयोजना गर्न लागेको थिएटर मल–कीर्तिपुर महोत्सवका निर्देशक केदार श्रेष्ठले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विपद्का बेलामा वास्तविक नाटकमार्फत आनन्द, अनुभूति दिन नसके पनि भिडियोमार्फत गर्ने तयारी गरेको छ ।

विज्ञप्तिमा आफ्ना नाटकको भिडियोसहित महोत्सवका लागि प्रत्येक दिन साँझ ५ बजे सहभागी हुन सबै रङ्गकर्मीलाई आग्रह गरिएको छ । हरेक दिन फरक फरक एक नाटकको प्रत्यक्ष प्रसारण गरिनेछ । उक्त महोत्सव थिएटर मलको फेसबुक पेज धधध।ाद।अयmरतजभबतचझबिि बाट प्रत्यक्ष हेर्न सकिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?