logo
२०८० चैत्र १६ शुक्रवार



बगालेको ‘भ्रम र यथार्थ’

कला |


बगालेको ‘भ्रम र यथार्थ’



गोरखापत्र समाचारदाता

काठमाडौँ । तत्कालीन बर्मा अर्थात् म्यान्मारका नेपाली भाषाका साहित्यकार ज्ञानबहादुर थापा ‘बगाले’को सातौँ साहित्यिक कृति ‘भ्रम र यथार्थ’ (कथा सङ्ग्रह) सार्वजनिक गरिएको छ ।
राजधानीमा शनिबार आयोजित कार्यक्रममा गोरखापत्र दैनिकका प्रधानसम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका उपाध्यक्ष देवेन्द्रनाथ अधिकारी, नेपाल वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्त, समालोचक ज्ञानु अधिकारी, प्रा.डा. लक्ष्मणप्रसाद गौतम तथा कृतिका लेखक ‘बगाले’ले संयुक्त रूपमा सो कृति सार्वजनिक गर्नुभयो ।
गोरखापत्रका प्रधानसम्पादक श्रेष्ठले म्यान्मारमा बसेर साहित्यकार ‘बगाले’ले नेपाली भाषा साहित्यको विकासमा पु¥याउनुभएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले साहित्यकार थापालाई नेपाल म्यान्मारबीच नेपाली भाषा साहित्यको दूतका रूपमा काम गरेको चर्चा गर्नुभयो ।
साहित्यकार कृशु क्षेत्रीले दुईतिर धार भएको तरबारमा टेकेर म्यान्मारका नेपाली भाषी साहित्यकार नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण प्रवद्र्धनमा जुटेको चर्चा गर्दै नेपाली भाषा र साहित्यको संरक्षणमा साहित्यकार ‘बगाले’को महìवपूर्ण योगदान रहेको बताउनुभयो । उहाँले धन, सम्पत्ति र आरामभन्दा नेपाली भाषा, साहित्यप्रति समर्पित रहेको भन्दै साहित्यकार ‘बगाले’को प्रशंसा गर्नुभयो ।
समालोचक ज्ञानु अधिकारीले मानिस आधा भ्रम र आधा यथार्थमा बाँचिरहेका हुन्छन् भन्ने धारणालाई कृतिमा पुष्टि गर्न खोजिएको भन्दै कथामा उठाइएका विषयवस्तुको सूक्ष्म विश्लेषण गरिएको बताउनुभयो । जीवन भोगाइका विषम र प्रतिकूल विविध विषयवस्तु बनाएर कृतिका कथाको रचना गरिएको बताउँदै उहाँले नारी पुरुषका सम्बन्ध र त्यसका मनोवैज्ञानिक प्रभावलाई कथामा प्रस्तुत गर्ने प्रयास गरिएको उहाँले बताउनुभयो । नेपाल वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद पन्त, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, कृतिका लेखक ‘बगाले’, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, डा. चिन्तामणि योगी, नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलका उपाध्यक्ष देवेन्द्रनाथ अधिकारीले कृतिका विविध आयामबारे चर्चा गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?