logo
२०८० चैत्र १६ शुक्रवार



कार्टुनको संगालो सार्वजनिक

कला |


कार्टुनको संगालो सार्वजनिक


गोरखापत्र समाचारदाता
काठमाडौं फागुन ३० गते । दैनिक पत्रपत्रिकामा देखिदै आएका कार्टुनहरुको संगालो पुस्तकका पानामा समेटिएको छ । ‘बेष्ट अफ अविन भाग २’ नामक यो पुस्तकको दोश्रो संस्करणलाई राजधानीमा आज सार्वजनिक गरियो । कार्टुनिष्ट अविन श्रेष्ठका कार्टुनहरु संकलन गरि तयार पारिएको पुस्तकलाई वरिष्ठ पत्रकारहरु किशोर नेपाल, अखिलेश उपाध्याय, जिवेन्द्र सिंखडा, नारायण वाग्ले, युवराज घिमिरे र शुधिर शर्माले लोकार्पण गर्नुभएको हो ।
लोकार्पण पछि मन्तव्यका क्रममा किशोर नेपालले अविनका कार्टुन तत्कालिन समयको साक्षी बनेको बताउनु भयो । हाजका दिनमा कार्टुन विनाको पत्रिका पत्रिका जस्तै नरहने भन्दै अविनका कार्टुनले सटिक समयमा थोरै शब्दमा धेरैकुरा बोल्न सक्ने क्षमता रहेको पत्रकार नारायण बाग्लेले बताउनु भयो ।
कार्यक्रममा युवराज घिमिरेले हिजोका दिनमा आफु देशबाहिर रहदाँ देखे जानेको कुरा आफु सम्पादक हुदाँ पनि प्रयोग गर्ने गरेको र अविनलाई विषय वस्तुको राम्रो ज्ञान भएकाले उहाँका कार्टुन सधै प्राथमिक्ताका साथ प्रयोग गरिने गरेको स्मरण गर्नुभयो । अन्य अतिथिहरुले पनि अविन श्रेष्ठसंग काम गर्दाका स्मरणहरु सुनाउनु भएको थियो ।
अविन श्रेष्ठले आफ्नो कार्टुन यात्रा गोरखापत्रबाट शुरु भएको स्मरण गर्दै विभिन्न चरणमा फरक फरक सम्पादकसंग काम गर्ने अपसर पाएको अनुभुति पोख्नु भयो । यदि सम्पादक कार्टुन बुझ्ने नभएको भए आज म यस क्षेत्रमा रहने थिइन भन्दै उहाँहरुको सम्मान गर्दै आफुले काम गरेका सम्पादकहरुको हातबाट पुस्तकको विमोचन गराएको प्रतिक्रिया दिनुभयो ।
पुस्तकमा अविनका २०६२÷६३ देखि नेकपाको दुई तिहाईको सरकार गठन हुँदाका बखतका कार्टुन समेटिएको छ । कुल २१६ पानाको सो पुस्तकमा २०० भन्दा बढि कार्टुन संकलित छन् । बुक आर्ट नेपालले प्रकाशन गरेको पुस्तकको मुल्य १२९९ राखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?