logo
२०८० चैत्र १५ बिहीवार



बनेपामा बागमती प्रदेशस्तरीय औद्योगिक प्रर्दशनी

अर्थ |


बनेपामा बागमती प्रदेशस्तरीय औद्योगिक प्रर्दशनी


मधुसु्धन तिमल्सिना
काभ्रे, फागुन १६ गते । काभे्रपलाञ्चोक जिल्लामा बागमती प्रदेशस्तरीय पहिलो औद्योगिक प्रर्दशनी तथा घरेलु उद्योग महोत्सव हुने भएको छ । फागुन २१ देखी चैत २ गते सम्म बनेपामा महोत्सव हुने भएको हो ।

लघु घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाले उक्त महोत्सव गर्न लागेको हो । घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष सुवासना श्रेष्ठले बाग्मती प्रदेशका १३ वटै जिल्लाका उद्यमीको व्यवसाय प्रवद्र्धन, प्रचारप्रसार र काभे्रमा कोसेलीघर निर्माणका लागि महोत्सव गर्न लागेको जानकारी दिनुभयो । एक सय ६० स्टल रहने उक्त महोत्सवमा कृषिबाट उत्पादित सामग्री, विभिन्न जडिबुटी, लालिगुराँसको जुस, लब्सी, हस्ताकला तथा १३ वटै जिल्लामा उत्पदान भएका मुख्य मुख्य बस्तुलाई स्टलमा समावेश गरिने श्रेष्ठले जानकारी दिनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय काभे्रपलञ्चोकको तथ्याङ्क अनुसार जिल्लामा सात हजार ७५४ लघु उद्यमी रहेका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?