logo
२०८० चैत्र १६ शुक्रवार



दाङमा भेट्टियो दुर्लभ लोभीपापी गरुड

पर्यटन |


दाङमा भेट्टियो दुर्लभ लोभीपापी गरुड


गोकर्ण पौडेल

तुलसीपुर, फागुन ८ गते ।  उसो त दाङ उपत्यका एसियाकै दोस्रो ठुलो उपत्यकाका रुपमा परिचित छ । दाङ उपत्यका ऐतिहासिक, धार्मिकका साथै चरा अवलोकनका लागि समेत पछिल्लो समय गन्तव्य बन्न थालेको छ । दाङ उपत्यकामा विश्वमै दुर्लभ पन्छीका रुपमा रहेको लोभी पापी गरुड समेत फेला परेको छ । फ्रान्सबाट त्यहाँको चिडिया कारखानामा चरा सम्बन्धि अध्ययन अवलोकन गर्न आएका जुली सेम्स र आयरलेन्डका कोलोरा हेलेनले दाङको घोराही उपमहानगरपालिका रामपुर चेपे तालमा अनुसन्धानका क्रममा लोभी पापी गरुड फेला पार्नुभएको पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रका संयोजक डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।

त्यसैगरी दुर्लभ मानिएको कुँट हाँस समेत फेला परेको छ । दाङका तालमा हाँसका ८ प्रजाति फेला परेका छन् । दाङ उपत्यकामा जाडो समयमा हिमाली क्षेत्रबाट जाडो छल्नका लागि चरा आउने गरेका छन् । देउखुरी उपत्यकाको राप्ती नदीमा केही वर्ष अघिसम्म चरा घुम्न आउने गर्दर्थे । तर ढुङ्गा बालुवाको उत्खनन् र क्रसर उद्योगका कारण वासस्थानमा समस्या आएपछि चरा दाङ उपत्यकाभित्र प्रवेश गर्न थालेको संयोजक रावतले जानकारी दिनुभयो । दाङको वन क्षेत्रभित्रका ताल तलैयामा चरा बस्ने गरेका छन् । दाङ उपत्यकामा मात्रै ११२ प्रजातिका चरा पाइने गर्छन् ।

त्यसैगरी अति संकटापन्न अवस्थामा रहेको सानो खैरो गिद्ध समेत चरा अवलोकनका गर्न आएका पर्यटकहरुले फेला पारेका छन् । शान्तिनगर गाउँपालिकाको बाघमारे सामुदायिक वनमा सानो खैरो प्रजातिको गिद्धको गुड र बच्चा फेला पारेका हुन् ।

त्यसैगरी घोराही उपमहानगरपालिकाको रामपुरको चरिङ्गे सामुदायिक वनमा समेत सानो खैरोको बच्चा फेला परेको छ । सानो खैरो गिद्धको संख्या नेपालमा ६० देखि ७० रहेका छन् । विश्वमा २३ प्रजातिका गिद्व पाइन्छन् भने एसिया महादिपमा नौ प्रजातिका गिद्व पाइन्छन् । नेपालम सातै ९ वटै प्रजातिका गिद्व पाइने गरेका छन् । नेपालमा पाइने नौ प्रजातिमध्ये दाङ जिल्लामा रहेको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ स्यालापानीमा रहेको जटायु रेष्टुरेन्टमा ६ प्रजातिका गिद्व पाइने गर्छन् ।

नेपालमा दाङमा स्यालापानी र राप्ती गाउँपालिकाको २ नम्बर वडाको लालमटियामा, नवलपरासीको कावासोती, रुपन्देहीको गैडवा ताल, कैलाली र कोशी टप्पुमा जटायु रेष्टुरेन्ट रहेका छन् । सानो खैरो, खैरो र सुन गिद्व अति संकटापन्न अवस्थामा रहेको आइ यू सि एनले जनाएको छ । दाङमा सानो खैरो, हिमाली, सुन, ठुलो खैरो, राज र गोब्रे प्रजातिका गिद्व पाइने गरेका छन् । दाङ उपत्यकाको ग्वार खोला जाडो मौसममा नेपालमा विभिन्न देशहरुबाट चरा घुम्न आउने मार्गकारुपमा समेत फेला परेको अनुसन्धानका क्रममा फ्रान्सबाट चराको अध्ययनमा आएकी जुली सेम्सले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?