logo
२०८० चैत्र १६ शुक्रवार



‘आकाश ख्वःगु जिं खना...’ को भिडियो सार्वजनिक

कला |


‘आकाश ख्वःगु जिं खना...’ को भिडियो सार्वजनिक


गोरखापत्र समाचारदाता

काठमाडौंँ, माघ २७ गते । वरिष्ठ सङ्गीतकार द्वारिकालाल जोशीको चर्चित नेपालभाषाको गीत ‘आकाश ख्वःगु जिं खना...’ (आकाश रोएको मैले देखे) को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

जोशीकै छोरी तथा गायिका लसता जोशीले ‘आकाश ख्वःगु जिं खना...’ बोलको गीत पुनः गाउनुभई भिडियो सार्वजनिक गर्नुभएको हो । गायिका जोशीको स्वर रहेको उक्त गीत युट्युव मार्फत स्रोतामाझ ल्याइएको हो ।

धेरै पुरानो गीतमा जनकवि दुर्गालाल श्रेष्ठको शब्द रहेको गीतमा द्वारिकालाल जोशीको सङ्गीत रहेको छ भने रपना परियारले गाउनुभएको छ ।

गायिका जोशीले भन्नुभयो, ‘सानैदेखि सोही गीत गाउने गथ्र्यो । यो मेरा लागि धेरै महìव भएको गीत भएकोले यसको कभर सङ निकालेको हो । यो मेरो बुवाप्रतिको सम्मानस्वरुप पुन एकपटक सार्वजनिक गरेको हुँ ।’ जोशीले नेपाल तथा नेपालभाषाको सय भन्दा बढी गीत गाइसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?