logo
२०८१ बैशाख ८ शनिवार



नेपाली कलाकारद्वारा बैंककमा कला प्रदर्शन

कला |


नेपाली कलाकारद्वारा बैंककमा कला प्रदर्शन


गोरखापत्र समाचारदाता
काठमाडौं माघ १९ गते । नेपाली कलाकारहरुको टोली चार दिने अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा सहभागी भई फर्किएको छ । थाइल्याण्डको राजधानी बैंकक स्थित रिचमन्दामन कन्टेम्पोररी आर्ट ग्यालरीमा आयोजित प्रदर्शनीमा नेपालका साथै भारत, थाइल्याण्ड र बंगलादेशका ६६ जना कलाकारका १२० भन्दा बढि चित्र तथा मुर्तिहरु समावेश थिए ।
‘रिभाइभड इमोशन’ प्रदर्शनीमा नेपाली कलाकारहरुले समसामयिक कला शैलीमा कला प्रस्तुत गरेका थिए । नेपालको हिमाल, वास्तुकला, दरबार र धर्म संस्कृतिसंग जोडिएका विविध विषयलाई कलाकारहरुले चित्र र मुर्तिमा उतारेका थिए ।
आफ्नै परिवेशलाई चित्रण गर्दै नेपाली कलाशैलीलाई देश विदेशमा चिनाउदै भ्रमण वर्षमा अन्य देशका कलाकारलाई पनि निम्तो दिने काम गरेको नेपाली कलाकारका टोली नेता कृष्णगोपाल श्रेष्ठले बताउनुभयो ।
सुन्हरी क्षवि फाउन्डेशन भारत र रिवेल आर्ट स्पेश थाइल्याण्डको आयोजन र संयोजनमा भएको प्रदर्शनीले नेपाली कलालाई विदेशी कला पारखीले समेत राम्ररी अवलोकन गर्न पाएको सहभागी मुर्तिकार चन्द्रश्याम डंगोलले बताउनु भयो ।
थाइल्याण्डमा वर्सेनि करोडौको संख्यामा पर्यटक आउँछन् । आफ्नो कला देखेर नेपाली मुर्तिकलाबाट केहि विदेशी पर्यटक समेत आकर्षित भएको अहाँको दावी थियो । प्रदर्शनी हेर्न पुगेका युरोपेली कलाकारहरुले समेत नेपाली कलालाई मन पराएको उहाँले बताउनु भयो ।
नेपालबाट श्रेष्ठ र डंगोलका साथै पासाङ विक्रम लामा (मंगोलपुत्र) केशव राज खनाल, रोशन प्रधान, प्रधुम्न श्रेष्ठ र रुद्रबशादुर पुन सहभागी थिए । यसै गरि दीपमाला महर्जन, नम्रता सिंह, विलेश शाक्य, पुष्पाञ्जली सेरचन, संजित महर्जन र सरिता डंगोलको कलाले पनि नेपालबाट प्रतिनिधित्व गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?