logo
२०८१ बैशाख ८ शनिवार



लघुकथा साहित्यको महत्वपूर्ण बिधा

कला |


लघुकथा साहित्यको महत्वपूर्ण बिधा


अर्जुन काफ्ले
स्याङ्जा, माघ १६ गते । लघुकथा समाज नेपालका अध्यक्ष श्री ओम श्रेष्ठले लघुकथा साहित्यको महत्वपूर्ण बिधा भएको बताउनु भएको छ । समकालीन नेपाली प्रतिनिधि लघुकथाको बिहीबार बिमोचन तथा बिमर्श समारोहमा श्रेष्ठले कुनै समय लघुकथालाई साहित्यको बिधा नै नभएको बताउने गरिएको दाबी गर्नुभयो ।

छोटो समयमा लघुकथाले ठूलो फड्को मारेको बताउँदै श्रेष्ठले बिगतमा सािहत्यमा लघुकथाको स्थान इतिहास मात्र रहेको बताउनुभयो । उहाँले गुप्ततारा साहित्य प्रतिष्ठानले साहित्यमा गरेको लगानी साहित्यको लागि अतुलनीय भएको बताउनुभयो । २०६५ लघुकथा समाजको स्थापना भएसँगै लघुकथा लेखनले फड्को मारेको बताउदै श्रेष्ठले समाजले नै इतिहासको खोजी गरेको बताउनुभयो । नेपाली लघुकथालाई परिभाषित गर्दा बिदेशीको नाम लिनु नपर्ने बताउदै श्रेष्ठले देशमै कमलमणी दीक्षित र लक्ष्मण गौतम जस्ता दिग्गज ब्यक्ती भएको बताउनुभयो ।
लघुकथा जति छोटा भए महत्वपूर्ण र खदिलो हुने बताउदै श्रेष्ठले चुनौतीको सामना गर्न नसक्ने साहित्यिक स्रष्टाले लेख्न नसक्ने बताउनुभयो ।

समसामयिक लघुकथाको विमर्श गर्दै अग्रज साहित्यकार देबेन्द्र लम्सालले समकालीन नेपाली प्रतिनिधि लघुकथा ऐतिहासिक तथा कोशेढुगा भएको बताउनुभयो ।
सगरमाथा आरोहणको अवस्थामा रहेको लघुकथामा नेपाल लगायत बिदेशमा रहेका लेखकका लघुकथालाई समेटिएकाले अन्र्तराष्ट्रिय स्तरको कृति बनेको बताउनुभयो । कृतिमा समसामयिक कथा रहेको बताउदै लम्सालले सकारामत्क तथा नकारात्मक कथा रहे पनि पठन योग्न रहेको बताउनुभयो ।

कार्यक्रममा लघुकथाकार प्रा.डा. कपिल लामिछाने, साहित्यकार तथा पूर्व मन्त्री त्रिलोचन ढकाल, लघुकथाकार हरिप्रसाद भण्डारी, साहित्यकार गंगा कर्माचार्य पौडेल लघुकथाले छोटो समयमा ठूलो फड्को मारेको र पाठकको माग पनि रहेको बताउनुभयो । गुप्ततारा स्मृति प्रतिष्ठान, वालिङ, स्याङ्जाले संस्था स्थापनाको पहिलो वर्ष पारेर समकालीन नेपाली प्रतिनिधि लघुकथा कृति प्रकाशित गरेको हो ।

प्रतिष्ठान भूमि ब्यवस्था, सहकारी तथा गरिबीनिवारण मन्त्री पद्माकुमारी अर्याल र परिवारले आमा तारादेबी अर्याल र बाबा गुप्तप्रसाद अर्यालको नाममा स्थापना गरिएको हो । संसारभर छरिएर रहेका नेपाली भाषामा कलम चलाउने १५२ जना लघुकथाकारहरुको ३०८ वटा उत्कृष्ट लघुकथाहरु समावेश गरिएको कृतिको सम्पादन स्याङ्जाली साहित्यको क्षेत्रमा क्रियाशील अनन्त अर्याल, मिलन समीर, श्यामप्रसाद ढुंगाना र शम्भु अर्यालले गर्नु भएको हो ।

साझा प्रकाशनबाट प्रकाशन गरिएको ३१५ पृष्ठको कृतिको मूल्य पाचँ सय निर्धारण गरिएको छ । लघुकथा कृति नेपाली लघुकथा साहित्यको इतिहासमा एउटा महत्त्वपूर्ण ग्रन्थको रूपमा रहने देखिन्छ ।साहित्यको जगेर्ना गर्ने उद्देश्यले निर्माण गरिएको गुप्ततारा स्मृति प्रतिष्ठानले आगामी दिनमा पनि नेपाली साहित्यका विभिन्न विधा केन्द्रित महत्त्वपुर्ण कृतिहरुको प्रकाशनलाई निरन्तरता दिदै अगाडी बढ्ने प्रतिष्ठानको अध्यक्ष अनन्त अर्यालले जनाउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?