logo
२०८१ बैशाख ७ शुक्रवार



‘प्यासेज अफ टाइम’ चित्रकला प्रदर्शनी सुरू

कला |


‘प्यासेज अफ टाइम’ चित्रकला प्रदर्शनी सुरू


गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ १२ गते । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कला, संस्कृति, सम्पदा र सभ्यताको केन्द्रको रुपमा काठमाडौँ रहेको बताउनुभयो । राज्यमन्त्री मानन्धरले काठमाडौँको विकास योजना बनाउँदा यहाँको सभ्यतालाई ध्यान दिनुपर्ने समेत बताउनुभयो । उहाँले युवा कलाकार कृष्ण लामाको एकल तेस्रो चित्रकला प्रदर्शनी गोरखापत्र समाचारदाता काठमाडौँ, माघ ११ गते । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कला, संस्कृति, सम्पदा र सभ्यताको केन्द्रको रुपमा काठमाडौँ रहेको बताउनुभयो । राज्यमन्त्री मानन्धरले काठमाडौँको विकास योजना बनाउँदा यहाँको सभ्यतालाई ध्यान दिनुपर्ने समेत बताउनुभयो । उहाँले युवा कलाकार कृष्ण लामाको एकल तेस्रो चित्रकला प्रदर्शनी ‘प्यासेज अफ टाइम’ को नेपाल आर्ट काउन्सिलमा शनिबार राजधानीमा उद्घाटन गर्नुहुँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कला, संस्कृति र सम्पदाको विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै नेपाली कलाको विकासमा प्रतिष्ठान योजनाबद्ध रुपमा लागिरहेको बताउनुभयो । कार्यक्रममा कला समीक्षक मुकेश मल्लले युवा कलाकार कृष्णले मानव आकृतिलाई बिम्बको रुपमा प्रयोग गरी कलामा नयाँ खोज गरिरहेको बताउनुभयो । कलाकार कृष्ण लामाका सामयिक विषयवस्तुमा विभिन्न भावभङ्गीका २४ कृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी माघ १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । नेपाल आर्ट काउन्सिलमा शनिबार उद्घाटन गर्नुहुँदै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कला, संस्कृति र सम्पदाको विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै नेपाली कलाको विकासमा प्रतिष्ठान योजनाबद्ध रुपमा लागिरहेको बताउनुभयो । कार्यक्रममा कला समीक्षक मुकेश मल्लले युवा कलाकार कृष्णले मानव आकृतिलाई बिम्बको रुपमा प्रयोग गरी कलामा नयाँ खोज गरिरहेको बताउनुभयो । कलाकार कृष्ण लामाका सामयिक विषयवस्तुमा विभिन्न भावभङ्गीका २४ कृति प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी माघ १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?