logo
२०८१ बैशाख ७ शुक्रवार



चिनियाँ कलाकार वेनको एकल कला प्रदर्शनी

कला |


चिनियाँ कलाकार वेनको एकल कला प्रदर्शनी


गोरखापत्र समाचारदाता

काठमाडौं, मङ्सिर ९ गते । जीवन र मायालाई जोडेर चिनीयाँ कलाकार शाओ वेनले एकल कला प्रदर्शनी गर्नुभएको छ ।

नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजना भएको एकदिने कला प्रदर्शनीमा राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनीयाँ कलाकारको कला प्रदर्शनीले नेपाल र नेपाली कलाकारहरुले सिक्ने मौका पाउने बताउनुभयो ।

उहाँले कुनै पनि कुरालाई कला मार्फत प्रस्तुत गर्न सकिने प्रस्ट पार्दे भन्नुभयो, जति गहिरो सँग चित्रलाई नियालिन सकिन्छ त्यतीनै त्यसको भावलाई बुझ्न सकिन्छ ।

यस प्रकारको कला प्रदर्शनीले दुई देशबीचको मित्रतालाई अझ प्रगाढ पार्ने जानकारी दिदै एक अर्कोको कला संस्कृति पनि बुझ्ने मौका पाउने बताउनुभयो । नेपाली कलाकारहरुले पनि आफ्नो कला प्रदर्शनी चीनमा पनि गर्नुपर्ने सुझाव दिदै थप्नुभयो, जसले गर्दा भावनात्मक रुपमा नजिक हुन सकिन्छ ।

यस प्रकारको कला प्रदर्शनीले राष्ट्रले अगाडी बढाएको पर्यटन क्षेत्रको बिकास गर्न सकिने पनि धारण व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ फोटोग्राफर गोपाल चित्रकारले नेपाल कलाकारहरुले यस कला प्रदर्शनीबाट धेरै कुरा सिक्ने मौका पाउने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी चिनीयाँ कलाकार वेनले नेपाल कलाको क्षेत्रमा ठुलो आशा भएको देशभएकोले यसलाइृ अझ विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले दुई देश विचको संस्कृति र परम्परालाई कलाको माध्यमबाट प्रस्तुत गर्न सकिने भएकोले आफुले प्रदर्शन गरेको प्रतिक्रिया दिनुभयो ।

वेनले भन्नुभयो, - जीवन, आशा, माया र प्रकृतिलाई आफ्नो कलामा प्रस्तुत गरिएको छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?