logo
२०८० चैत्र १५ बिहीवार



नेपालभाषा साहित्य पर्व शुरु, सात कृति लोकार्पण   

कला |


नेपालभाषा साहित्य पर्व शुरु, सात कृति लोकार्पण   
सन्ध्याटाइम्स् पिठना प्रालिको आयोजनामा शुक्रबारदेखि सुरु दुई दिने स्वक्वःगु नेपाल भाषा साहित्य नखः (3rd Nepalbhasa Literature Festival) कार्यक्रममा सहभागी काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायत । तस्वीर - रत्न श्रेष्ठ ।


काठमाडौँ, मङ्सिर ६ गते । तेस्रो नेपालभाषा साहित्य पर्व नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि शुरु भयो । सन्ध्या टाइम्स पिथना प्रालिले आयोजना गरेको यो पर्व भोलिसम्म चल्नेछ ।    
 साहित्य पर्वको पहिलो दिन आज सातवटा कृतिको एउटै मञ्चबाट लोकार्पण भयो ।

नेपालभाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली प्रमुख अतिथि रहनुभएको आजको कार्यक्रममा वरिष्ठ साहित्यकार मथुरा साय्मिको आत्मकथा ‘साय्मि जि मथुरा’, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठको गजल सङ्ग्रह ‘नुगःया गुनगुन’, साहित्यकार राजेन्द्रकुमार पुताका दुई कृति ‘गजलया सिद्धान्त व नेपाल भाषाय् गजल’ र ‘सुथया लिसः’, उपन्यासकार राज साय्मिको जासुसी उपन्यास ‘तुयुगु अजः’, कवि वासुदेव अधिकारीको नेपाल भाषामा अनुदित कविता सङ्ग्रह ‘युरो स्पर्श’ र साहित्यकार उद्धव मास्केको नियात्रा ‘छगू नन्द देशय्’ लोकार्पण गरिएको हो ।

सातै कृतिमाथि साहित्यकार मल्ल के सुन्दरले समीक्षा गर्नुभएको थियो ।    

आजै नेपालभाषाका वरिष्ठ एवं स्थापित साहित्यकार र नयाँ पुस्ताका लेखकहरुबाट कविता, कथा र निबन्ध वाचन भयो भने रञ्जना लिपिको पुनरुत्थानबारे एक अन्तक्र्रिया पनि भयो । अन्तक्र्रियाका सहजकर्ता निर्मल बज्राचार्य हुनुहुन्थ्यो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?