logo
२०८१ बैशाख ७ शुक्रवार



मौरीले टोकेर बालकको मृत्यु, पाँच जना घाइते

खुला |


मौरीले टोकेर बालकको मृत्यु, पाँच जना घाइते


सर्लाही, मङ्सिर ५ गते । सर्लाहीको मलङ्गवा नगरपालिका–७, सानो मुसैलीमा मौरीले टोकेर एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मौरीको टोकाईबाट स्थानीय गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको हो । वुधबार दिउँसो मौरीको टोकाईबाट घाईते भएका बालकको उपचारका क्रममा राती पौने नौ बजे जिल्ला अस्पताल मलङ्गवामा मृत्यु भएको प्रहरीले जनाएको छ । मौरीले टोकेर गणेशकी श्रीमती ३५ वर्षीया चिन्ता देवी राय, चार वर्षका छोरा रवीकुमार, सोही ठाउँकी २४ वर्षीया अन्जली देवी यादव, ४० वर्षीया देवबती देवी र १८ वर्षका रामध्यान महतो घाइते हुनु भएको छ ।

घाइतेमध्ये रामध्यान बाहेक अन्य चार जनालाई जिल्ला अस्पताल मलङ्गवाबाट वीरगञ्ज रेफर गरिएको थियो । घाइते सबै उपचारपछि राती नै डिस्चार्ज भइसकेका छन् । सर्लाहीका प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईका अनुसार महिला र बालबालिका घरमा बसिरहेको अवस्थामा खेततर्फबाट आएको मौरीले टोकेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?