logo
२०८० चैत्र १६ शुक्रवार



धारिलो हतियार प्रहार गरी सौताको हत्या

खुला |


धारिलो हतियार प्रहार गरी सौताको हत्या


सर्लाही, कात्तिक २७ गते । सर्लाहीको चक्रघट्टामा मङ्गलबार राती एक महिलाले धारिलो हतियार प्रहार गरी आफ्नै सौताको हत्या गरेकी छन् ।

चक्रघट्टा गाउँपालिका–४, का शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले आफ्नै सौता २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेकी हुन् । पराल काट्ने फलामको धारिलो हतियारले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाए लगत्तै प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले घरको छतबाट हाम फालेर भाग्न खोज्दै गर्दा अभियुक्त कोरैसा खातुनलाई पक्राउ गरेको घटनास्थलमा पुग्नु भएका प्रहरी निरीक्षक रामकिशोर साहले बताउनुभयो । महिलाको हत्यामा प्रयोग गरिएको हतियार भर्याङ मुनि लुकाएको अवस्थामा बरामद भएको छ ।

छिमेकीका अनुसार कोरैसा र खुर्सिदाबीच पटक–पटक झगडा हुने गरेको थियो । उनीहरुका श्रीमान शेख बलाल तीन/चार दिन अघिमात्रै वैदेशिक रोजगारमा जानु भएको छ । हत्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?