logo
२०८० चैत्र १६ शुक्रवार



खोलाभित्र पानीमा लुकाएर राखेको काठ बरामद

अर्थ |


खोलाभित्र पानीमा लुकाएर राखेको काठ बरामद
फाईल तस्वीर


विष्णुप्रसाद पोखरेल
दमक, कार्तिक २१ गते । झापामा खोलाभित्र पानीमा डुबाएर लुकाएको अवस्थामा प्रहरीले ६ लाख मूल्य बराबरको काठ बरामद गरेको छ ।
शिवसताक्षी नगरपालिका वडा नं. १० दोमुखा स्थित कनकाई माईखोलाको किनारमा पानीमा डुबाएर लुकाएको अवस्थामा अबैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार सखुवा जातको १५ थान गोलिया काठ लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट टोली खटी गई उक्त काठ बरामद भएको हो । श्रेष्ठका अनुसार २ सय २ क्यु फिटको बराबरको सखुवा काठ बरामद गरी कानुनी प्रकृया पूरा गरी कन्काई सब डिभिजन बन कार्यालय सुरुङगा झापामा बुझाईएको पनि प्रहरीले जनाएको छ । दोमुखा क्षेत्रबाट खोलामा बगाएर बर्षौदेखि काठ तस्करी हुँदै आएको छ । रातको समयमा काठ तस्करीमा संलग्नहरु सक्रिय रहने बताइन्छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक दिनेशराज मैनालीका अनुसार पछिल्लो समयमा काठ तस्करीको जालोलाइ प्रहरीले निस्तेज पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?