logo
२०८१ बैशाख ८ शनिवार



दाङ्से बुर्हान’ नाटक मञ्चन

कला |
खुला |


दाङ्से बुर्हान’ नाटक मञ्चन


कञ्चनपुर, कात्तिक १२ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीमा तिहारका अवसरमा सखिया नाच युवा क्लबको आयोजनामा ‘दाङ्से बुर्हान’ नामक नाटक मञ्चन गरिएको छ । थारू समुदाय थातथलो दाङबाट बुर्हान अर्थात् तराई बसाइँसराइ गर्नुपर्नाको कारण नाटकमा प्रस्तुत गरिएको छ । तीन दिनसम्म मञ्चन हुने उक्त नाटकमा स्थानीय थारू कलाकारहरुले अभिनय गरेका छन् ।

दाङमा जमिन्दारले जग्गा खोसेपछि कमाइखाने जग्गा र सुरक्षित बासस्थानका लागि तराई झर्नुपरेको र यस क्रममा पैदलयात्रा गरेर आउनु पर्दा धेरै समय लाग्दथ्यो । नाटका निर्देशक चन्द्रबहादुर चौधरीले भन्नुभयो, “चौपाया चराउँदै नदी खोलामा माछा मार्ने र जङ्गली जनावरको शिकार गर्दै तराई झरेको कुरालाई दर्शकमाझ नाटकमा देखाउन खोजेका छौँ ।”

तराईको पानी भएको खोला नदी किनारामा थारू समुदायले बसोबास गर्न थाले । खोलाबाट माछा मार्ने, जङ्गली जनावरको शिकारले छाक टार्ने गर्दै आएकामा पछि खेतीपाती गर्दै बसोबास गर्न थालिएको कुरा नाटकमा देखाइएको छ ।“विगतमा तराईमा बसोवास गर्दा जङ्गली जनावरको आक्रमण झेल्न र बच्ने तरिका नजान्दा महामारीबाट थारू गाउँका गाउँ सखाप भएको कुरा पनि नाटकका माध्यमबाट समुदायलाई देखाउन थालेका छौँ” क्लबका सल्लाहकार विश्राम चौधरीले भन्नुभयो ।

यसैगरी दुई छाक टार्नकै लागि थारू समुदायका विपन्न परिवारले जमिन्दारको घरमा कमैया बस्नु पर्दाको दुःख र त्यसविरुद्ध गर्नुपरेको सङ्घर्षसमेत देखाइएको छ । वन विनासले गर्दा निम्त्याएको विपत्तिबारे समेत नाटकमा वर्णन गरिएको छ ।युवा क्लबमा आवद्ध युवाले समाजलाई प्रेरणा दिने र जनचेतना फैलाउने किसिमका नाटकहरु तिहारका अवसरमा प्रत्येक वर्ष प्रदर्शन गर्दै आएका र यसबाट समाजलाई सकारात्मक बाटोमा डो¥याउन मद्दत पुग्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?