logo
२०८१ बैशाख ११ मंगलवार



प्रथम एनआरएनए कला प्रदर्शनी शुभारम्भ

कला |


प्रथम एनआरएनए कला प्रदर्शनी  शुभारम्भ


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज २८ गते । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको नक्शालस्थित नाफा आर्ट ग्यालरीमा ३८ कलाकारका ५० भन्दा बढी चित्र र मूर्तिकला प्रदर्शनी सुरु भएको छ । प्रथम एनआरएनए कला प्रदर्शनी २०१९ को शुभारम्भ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले सोमबार गर्नुभएको हो ।

क्यानभास आर्ट ग्यालरीद्वारा आयोजित सो प्रदर्शनीको शुभारम्भमा बरिष्ठ कलाकार उमाशंकर साह र राजु मानन्धरलाई सम्मान गरिएको थियो । प्रदर्शनीमा अमूर्त, अर्धमूत र अमूर्त चित्रकला राखिएका छन् । कात्तिक ३ गतेसम्म सो प्रदर्शनी सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीको सहआयोजकका एनआरएनए र सहयोगीमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?