logo
२०८१ बैशाख ७ शुक्रवार



इनरुवा अस्पतालको ओपिडी सेवा बन्द !

प्रदेश |


इनरुवा अस्पतालको ओपिडी सेवा बन्द !


जयकृष्ण यादव

इनरुवा, असोज १५ गते । सुनसरी सदरमुकाम इनरुवामा रहेको इनरुवा जिल्ला अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले दशैमा तलब नखुवाएको भन्दै इनरुवा अस्पतालको ओपिडी सेवा बन्द गरेका छन् ।

बुधबार इमेरजेन्सी सेवा बाहेकका सबै सेवा करार, अस्पताल विकास समिति र स्वयमसेवकहरुले अस्पताल बन्द गराएका हुन् ।

इनरुवा अस्पतालका प्रमुख विना शाक्यले स्थायी कर्मचारी र स्वास्थ्यकर्मी तथा आफू मात्रै तलब खाएर जानकारी समेत नदिई काठमाडांै भागेको आरोप लगाउदँै अस्पतालको ओपिडी सेवा बन्द गराएको हो ।

तलब नदिएसम्म इनरुवा अस्पतालको ओपिडी सेवा बन्द गर्ने स्वास्थ्यकर्मी प्रमोद मेहताले जानकारी दिनुभयो ।

मेहताका अनुसार दशैं जस्तो महान चार्डको बेलामा कर्मचारीलाई बेवास्ता गर्दै इनरुवा अस्पतालको प्रमुख डा. शाक्य लेखामा चेक बन्दा समेत सही नगरि गैरजिम्मेबारी तरिकाबाट गएकाले ओपिडी सेवा बन्द गरेको हो ।

अस्पतालमा इनरुवा नगरपालिका र आसपासको सयौं सेवाग्राही सेवा नपाई फर्किन बाध्य भएको सेवाग्राही विरेन्द्र मेहताले बताउनुभयो । लामो समयदेखी अस्पतालमा सुशासन, पादरर्शिता, जवाफदेहिता, उतरदायित्व, विधीको शासन, नागरिक अधिकार, मानवअधिकारको कुरा उठिरहदाँ वेवास्ता गर्दै आएकाले अस्पताल नै बन्दको अवस्था सृजना भएको बताइको छ ।

अस्पतालका प्रशासन शाखा प्रमुख उमेश गौतमले सरकारले तलबका लागि रकम पठाएको भएपनि प्रमुखले विना सूचना काठमाण्डौ हिडेकाले समस्या भएको प्रतिकृया दिनुभयो ।

अस्पातलको सेवा बन्द गर्दा मानव अधिकार, महिता तथा बालअधिकार र दलित तथा आदीवासी जनाजाती लगायत सेवाको लागि आएकाको स्वास्थ्य अधिकार हनन भएको छ ।

यसैबीच इनरुवा नगरपालिकाका उपप्रमुख जमुना गौतम पोखरेलको पहलमा अस्पतालमा रहेको बेवारिसे महिलाहरुको व्यवस्थापनका लागि छलफल गरिएको छ । बेवारिसेका व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयसंग पहल गर्न आग्रह गरेको पोखरेलले बताउनुभयो । अस्पतालमा दुई जना महिला बेवारिसे अवस्था रहेकाले प्रशासनसंग सहयोगका लागि अनुरोध गरेको उहाँले बताउनुभयो । अस्पतालको काम कार्वाही, प्रवाह गरेको सेवा प्रतिको विश्वास, लेखाजोखा र सन्तुष्टी, नागरिकको प्रतिक्रिया, सुझाव र थप प्रभावकारीताका लागि गर्न सकिने प्रयासको बारेमा समेत छलफल गरेको छ ।

उपप्रमुख पोखरेलले कानुन, विधीले मिल्ने गरी काम गर्नुपर्नेमा कर्मचारीलाई तलब नखुवाई प्रमुख साक्य गएकोमा आपती जनाउनुभयो । बोल्न नसक्ने, बेवारिसे दुई महिलालाई आफूले सहयोग गरेको तथा उनीहरुको भोगाई, पीडा समस्याको लागि गरेको कार्य अनुभवहरु बैठकमा राख्नुभयो ।

बैठकमा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख गोपालराज भण्डारी, सुनसरीका डिएसपी विनोद शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत दुर्गा प्रसाद न्यौपाने, अस्पताल प्रशासन शाखाका उमेश गौतम, ओसिएमसीकी भुमि धामी , उमेश मेहता सहितको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?