logo
२०८१ बैशाख ७ शुक्रवार



रौतहटको कटहरिया नगरपालिकामा विद्यार्थीद्धारा तोडफोड !

खुला |


रौतहटको कटहरिया नगरपालिकामा विद्यार्थीद्धारा तोडफोड !


कृष्ण तिवारी

रौतहट, असोज १० गते । शिक्षक सरुवाको विषयलाई लिएर रौतहटको कटहरिया नगरपालिकाको कार्यालयमा विद्यार्थीले शुक्रबार तोडफोड गरेका छन् ।

कटहरिया नगर कार्यपालिकाको हिजो बसेको बैठकले नगर अन्तर्गतका एक जना प्रधानाध्यापक सहित ९ जना शिक्षकलाई अन्यत्र सरुवा गर्ने निर्णय गरेको थियो ।

एक ठाउँबाट अर्को ठाउँमा शिक्षकलाई किन सरुवा गरेको भन्दै कटहरिया नगरपालिका अन्तर्गतका आक्रोसित विद्यार्थीहरुले शुक्रवार एका विहानै नगरपालिकाको कार्यालयमा तोडफोड गरेर ठुलो क्षति पुरयाएको छ ।

ठुलो संख्यामा आएका विद्यार्थीहरुले नगरपालिकाको जिन्सी शाखाको ताल्चा फुटाएर भित्र प्रवेस गरी दश भन्दा बढी कम्प्युटर र ल्यापटप कामै नलाग्ने गरी फुटाएको छ भने ५० भन्दा बढी कुर्सी, दराज, सिसिटिभी क्यामरा, झयाल, ढोका तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले ढुंगामुढा प्रहार गरेर नगरपालिकाको एसीमा पनि तोडफोड गरी पुर्णरुपमा क्षति पुरयाएको छ भने नगरपालिकाको पश्चिम पटी निर्माण भएको नयाँ भवनको ५० वटा सिसाको झयाल पनि कामै नलाग्ने गरी फुटाएको छ ।

विद्यार्थीको समुहले नगरपालिकाको महत्वपूर्ण कागजातहरु च्यातेर फालिदिएका छन भने विधुतिय उपकरणहरुमा पनि क्षति पुर्याएको छ ।

शिक्षक सरुवाको विषलाई लिएर विद्यार्थीहरुले तोडफोड गरेको भनिएपनि नगर प्रमुख शियाराम कुशवाहाले सरुवा भएका केहि शिक्षकले नै प्लान बनाएर सुनियोजित तरिकाले नगरपालिकामा तोडफोड गर्नुका साथै लुटपाट समेत गरेको दावी गर्नुभएको छ ।

सरुवा गरिएको केहि शिक्षकले नै विद्यार्थीको रुपमा आफना नातागोता र आफन्तका मान्छेलाई विद्यार्थीको रुपमा प्रयोग गरी गुण्डागर्दी शैलीमा एका बिहानै दर्जनौको संख्यामा आएर नगरपालिकामा आएर तोडफोड गर्दै करोडौको क्षति पुरयाएको मेयर शियाराम कुशवाहाले बताउनुभयो ।

हिजो एतिहासिक रुपमा जिल्लामै पहिलो पटक कटहरिया नगरपालिकाको बसेको कार्यपालिका बैठकले नगर क्षेत्र भित्रमा शिक्षामा सुधार ल्याउने उदेश्यले केहि शिक्षकलाई सरुवा गर्ने गरेको निर्णय बाहिर नआउँदै यस्तो घटना घटेको मेयर कुशवाहाले बताउनुभयो ।

त्यस्तै रौतहट क्षेत्र नं ३ ख का प्रदेश सांसद कुन्दन कुशवाहाले मावि भसढेवाका प्रधानाध्यापक राम मंगलप्रसाद यादव र शिक्षक सचिन्द्र प्रसाद यादवको कारण नगरपालिकामा यस्तो घटना घटेको आरोप लगाउनुभयो ।

सरुवा गरिएको ठाउँमा नजाने मनसायले प्रधानाध्यापक यादव र शिक्षक सचिन्द्रले सुनियोजित र योजनावद्ध तरिकाले नगरपालिकामा आफना मान्छे र आफन्तलाई विद्यार्थीको रुपमा प्रयोग गरेर आक्रमण गरेको प्रदेश सांसद कुशवाहाले दावी गर्नुभयो ।

प्रअ यादवको प्राविको शिक्षक मात्रै हुनु पर्ने योग्यता रहेको छ तर पनि पनि नियम विपरीत बलजवरजस्ती विगत १५ वर्षदेखी प्रअ यादवले मावि भसेढवामा प्रधानाध्यापकको रुपमा कार्यरत रहेको प्रदेश सांसद कुशवाहाले बताउनुभयो ।

कटहरिया नगरपालिकाले मावि भसेढवाका प्रअ राम मंगल प्रसाद यादवलाई अन्यत्र सरुवा गरी यादवको ठाउँमा मावि सरहको योग्यता भएको शिक्षकलाई पठाउँने निर्णय गर्दा प्रअ यादवले योजना बनाएर नगरपालिकामाथी आक्रमण गर्न लगाएको प्रदेश सांसद कुश्वाहाले आरोप लगाउनुभयो ।

त्यस्तै भसेढवा माविका प्रअ राम मंगल प्रसाद यादवलाई महिला प्राथमिक विद्यालय भसेढवामा सरुवा गरिएको र मावि कटहरियाका शिक्षक सचिन्द्र प्रसाद यादवलाई मावि भसेढवामा सरुवा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?