logo
२०८० चैत्र १६ शुक्रवार



सार्क चित्रकला प्रदर्शनीमा सहभागी हुने नेपाली कलाकार माल्दिभ्स प्रस्थान

कला |


सार्क चित्रकला प्रदर्शनीमा सहभागी हुने नेपाली कलाकार माल्दिभ्स प्रस्थान


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । सार्क कला क्याम्प तथा प्रदर्शनीमा सहभागिताका लागि पाँच जना नेपाली चित्रकारको टोली शनिबार माल्दिभ्स प्रस्थान गर्नु भएको छ ।
टोलीमा रञ्जु यादव, सुन्दर सिंख्वाल, रिता मानन्धर, टुकबहादुर थापा मगर र विपिनकुमार घिमिरे रहनु भएको छ ।
सार्क सदस्य राष्ट्रमा प्रत्येक वर्ष हुने यो कार्यक्रम आइतबारदेखि बिहीबारसम्मसम्म सार्क आर्ट क्याम्प तथा प्रदर्शनी सञ्चालन हुने चित्रकार रञ्जु यादवले बताउनुभयो ।
उक्त कार्यक्रममा रञ्जु यादवले मिथिला चित्र, सुन्दर सिंख्वालले पौभा चित्र, रिता मानन्धरले आधुनिक चित्र, टुकबहादुर थापा मगरले समसामयिक चित्र र विपिनकुमार घिमिरले अभिव्यक्तिवादी चित्र कोर्ने छन् ।
। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आफ्नो कार्यालयमा बिहीबार एक कार्यक्रम आयोजना गरी चित्रकारको टोलीलाई बिदाई गरेको थियो । त्यसअघि प्रतिष्ठानले खुला दरखास्त आह्वान गरी सहभागी चित्रकार छनोट गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?