logo
२०८० चैत्र १६ शुक्रवार



नेम्बाङ्ग र योगेशराज पुरस्कृत

कला |


नेम्बाङ्ग र योगेशराज पुरस्कृत



गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज ३ गते । साहित्यकारद्वय तिलविक्रम नेम्वाङ्ग (वैरागी काइला) र योगेश राज जगदम्बा–श्री तथा मदन पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
मदन पुरस्कार गुठीद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा कवि वैरागी काईला जगदम्बा–श्री २०७५ बाट पुरस्कृत हुनुभयो ।
त्यसैगरी लेखक योगेश राज मदन पुरस्कार–२०७५ बाट पुरस्कृत हुनुभयो ।
कार्यक्रममा गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार समर्पण गर्दै कवि वैरागी काईलालाई भाषा, संस्कार संस्कृति परम्पराको अध्ययन, लेखन अनुसन्धानका लागि जगदम्बा–श्री पुरस्कार चार लाख रुपियाँ नगदसहित पुरस्कारबाट सम्मानित गरिएको बताउनुभयो ।
मदन पुरस्कार बिजेता योगेश राजलाई भने पुस्तक रणहारमार्फत इतिहासलाई हेर्ने,बुझ्ने फरक आँखा भेटाउन पु¥याएको योगदानका लागि मदन पुरस्कार प्रदान गरिएको बताउनुभयो ।
उहाँलाई पनि नगद चार लाख रूपियाँसहित पुरस्कार प्रदान गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?