logo
२०८० चैत्र १५ बिहीवार



जापानमा सुनैनाका मिथिला चित्रकला

भदौ २७ शुक्रबारदेखि सुरु भएको सो प्रदर्शनी एक महिनासम्म

कला |


जापानमा सुनैनाका मिथिला चित्रकला


 गोरखापत्र अनलाइन 

काठमाडौँ, भदौ ३० गते । कलाकार सुनैना ठाकुरको एकल मिथिला चित्रकला प्रदर्शनी जापानको टोकियोमा भइरहेको छ । भदौ २७ शुक्रबारदेखि सुरु भएको सो प्रदर्शनी एक महिनासम्म सञ्चालन हुनेछ ।

जापानमा रहनुभएकी कलाकार ठाकुरका अनुसार, प्रदर्शनीमा प्रदर्शनीमा महिला हिंसा, महिला शक्तिकरण, समानता, अधिकार, शान्ति र समृद्धिलगायत विषयवस्तुमा तयार पारिएका ४० थान चित्रकला रहेका छन् । चित्रकलाका साथै प्रदर्शनीमा हस्तकलाका सामग्रीहरु समेत छन् ।

त्यस्तै मिथिला चित्रकला पेन्टिङ गरिएका टिसर्ट, ब्याग, रुमाललगायत वस्तुहरुसमेत प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा १० वटा पेन्टिङ बुक भइसकेको कलाकरा ठाकुरले जानकारी दिनुभयो ।

मिथिला कलामार्फत् महिला सशक्तिकरण, लैङ्गिक समानता र अधिकारको क्षेत्रमा योगदान पुर्याए वापत कलाकार ठाकुरले केही दिनअघि मात्रै ५० हजार रुपियाँ राशिको सङ्गति ग्राण्ट अवार्ड प्राप्त गर्नुभएको थियो ।

यसअघि कलाकार ठाकुरले लोककलातर्फ राष्ट्रिय ललितकला पुरस्कार, अमेरिकाबाट कमन ग्रायण्ड अवार्डलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुभएको छ ।

अमेरिका, श्रीलङ्का, भारतमा समेत एकल तथा सामुहिक चित्रकला प्रदर्शनी गरिसक्नुभएकी कलाकार ठाकुरले जनकपुरमा मिथिला आर्ट ग्यालरी र प्रशिक्षण समेत सञ्चालन गर्दै आउनुभएको छ ।

उहाँले काठमाडौँको ठमेलमा समेत सुनैना मिथिला आर्ट ग्यालरी सञ्चालन गर्नुभएको छ । उहाँले पोखरा, जलेश्वर, काठमाडौँलगायत स्थानमा समेत सामुहिक र एकल चित्रकला प्रदर्शनी गरिसक्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?