logo
२०८० चैत्र १५ बिहीवार



ओस्कारले भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने

कला |


ओस्कारले भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २९ गते । चलचित्रमा स्नातक तहको पाठ्यक्रम पढाउँदै आएको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग सहकार्य गर्ने भएको छ ।

ओस्कार कलेजले भारतको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूट र नेसनल स्कुल अफ ड्रामासँग सहकार्य गर्न लागेको हो । ओस्कार कलेजका तर्फबाट एकेडेमिक निर्देशक मनोज बाबु पन्त नेतृत्वको व्यवस्थापन समूहले भारतीय फिल्म कलेज व्यवस्थापनसँग भेट गरी सहकार्य सम्बन्धी सम्झौता गरेको छ ।

एकेडेमिक निर्देशक मनोज बाबु पन्तले भ्रमणमा महत्वपूर्ण सम्झौताहरु भएको जानकारी दिदै भन्नुभयो, “एकेडेमिक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदन प्रदान गर्नेसम्मका सम्झौता भएको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?