logo
२०८१ बैशाख ८ शनिवार



‘नेपाली साहित्यको इतिहासलेखनका आधार’पुस्तक विमाेचन 

कला |


‘नेपाली साहित्यको इतिहासलेखनका आधार’पुस्तक विमाेचन 


गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन २२ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागले ‘अनुसन्धान गोष्ठी तथा प्रज्ञा (विज्ञ समीक्षित जर्नल–११७)’ र ‘नेपाली साहित्यको इतिहासलेखनका आधार’ पुस्तक प्रकाशन गरेको छ ।

पुस्तक सार्वजनिक कार्यक्रम वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले पचास वर्ष पुग्न लागेको प्रज्ञाले अनुसन्धानमूलक जर्नल प्रकाशन थालेकोमा खुशी व्यक्त गर्नुभयो । यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले गोष्ठीले प्राज्ञिक अनुसन्धानमूलक लेखन सम्बन्धी मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध)का प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलले कार्यक्रमको उद्देश्यबारे चर्चा गर्दै २०२७ सालदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आएको ‘प्रज्ञा’ अर्धवार्षिक पत्रिकालाई जर्नलका रूपमा प्रकाशन आरम्भ गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयले ‘अनुसन्धानमूलक लेखको संरचना’ र प्रा.डा. महादेव अवस्थीले ‘अनुसन्धान लेखनः विषय चयन र प्रस्तुति योजना’ विषयक विचारपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँहरूका विचारपत्रमाथि प्रा.डा. अम्मराज जोशी र प्रा.डा. रमेश भट्टराईले परिपूरक समीक्षा गर्नुभएको थियो । कार्यक्रममा प्रा.डा. माधव पोखरेलले जर्नलबारे समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?