गुराँस बेच्ने बालकहरू

कला |


2019-09-08-1029


 हरिहर खनाल

भर्खर चैत लागेको थियो । आजदेखि कक्षाको नियमित पढाइ सकिने जानकारी सामाजिक शिक्षा पढाउने गुरुआमा रचना बरालले हिजैको कक्षामा सुनाउनुभएको थियो । त्यो सुनेर सबै विद्यार्थीको मनमा टाउकामाथिको एउटा ठूलै भारी चौताराको पेटीमा बिसाउन पाइने भयो भनेझैँ लागेको थियो ।
दक्षिण–पूर्वतिर मोहोडा पारेर काठमाडौँ उपत्यकातिर फर्केको पिपलडा“डा । उत्तरतिरको आधाजति भागमा जङ्गल छ र आधाबाट सुरु हुन्छ मानव बस्ती । बस्तीको सबैभन्दा माथिल्लो भागमा ससानो तामाङ बस्ती छ । जितबहादुर तितुङ थिङ र आशाङ लामाको घर पिपलडा“डाको सिरानमा, जङ्गल नजिकै छ । तिनीहरू दुवैका कर्कटपाताले छाएका ससाना दुईपाखे एकतले धौले घर छन् । घरका आडैमा दाउरापात राख्ने साना कटेरा । दुवै जनाका कटेराका एक कबलमा बाख्राका खोर छन् । जितबहादुरकी हजुरआमा दिनभरि धरै बस्नुहुन्छ र कुखुरालाई आहारा र दानापानी अनि बाख्रालाई डालेघा“स खोजेर खुवाउनुहुन्छ । बुबा र आमा ज्यामी काम गर्न जानुहुन्छ ।
आफूलाई आफ्नै आमाले भन्दा पनि अझ धेरै माया गर्ने आसाङकी हजुरआमा लामो समयसम्म दमको बेथाले दुःख पाएर थलिएपछि एक वर्ष पहिले बित्नुभयो । आसाङलाई कहिलेकाहीँ हजुरआमाको सम्झना आउँछ । हजुरआमाको सम्झना आएको बेला आसाङलाई असाध्यै नरमाइलो लाग्छ ।
आसाङका हजुरबा कामी लामा घरको काम रेखदेख गर्नुहुन्छ । उनीहरूको एउटा सानो लैनो भैँसी छ । हजुरबाको दिनभरिको मुख्य काम त्यसैलाई हेरचाह गर्नु र दानापानी दिनु हो । आसाङका आमाबा दुवै जना जितबहादुरका आमाबाजसरी नै सँगै बिहान ९ बजेतिर ज्यालादारी गर्न तल थापागाउँतिर जानुहुन्छ । बेलुका साँझ परेपछि घर फर्कनुहुन्छ ।
जितबहादुर र आसाङ दुवैका आ“गनको डिलबाट तल थापागाउँको डाइमन्ड स्कुल र त्यसभन्दा अझ तलको एलआरआई स्कुलसमेत छर्लङ्गै देखिन्छन् । तर ती स्कुलमा धनीमानी मान्छेका बालबालिका मात्रै पढ्न जान पाउँछन् । जितबहादुर र आसाङहरूका लागि त पीपलडाँडा भञ्ज्याङमा बनेको जनता माध्यमिक विद्यालय छ । उनीहरूलाई त्यही स्कुल राम्रो लाग्छ । घरबाट पन्ध्र मिनेटमा हिँडेरै पुगिन्छ स्कुल । बिहानै आठ बज्दा नबज्दै हतार गर्दै पुस्तकको भारी बोकेर बसमा कोचिएर जानुभन्दा यसरी नै स्कुल जान रमाइलो लाग्छ उनीहरूलाई । हरेक दिन साढे नौ बजेतिर उनका दिदीहरू निमा र निसितासँगै ती दुई स्कुल जान्छन् र बेलुकी छुट्टी भएपछि त्यसरी नै सँगै घर फर्कन्छन् ।
आज यस वर्षको अन्तिम दिन । सामाजिक शिक्षा पढाउने मिस रचना बरालले आज असाध्यै चाखलाग्दो कथा सुनाउनुभयो कक्षामा । एउटै कक्षामा पढ्ने आफ्नी दिदीहरूसँगै जितबहादुर र आसाङ दुवै जनाले मिसको कुरा ध्यान दिएर सुने । कक्षामा पढाउँदा मिस कहिले कथा सुनाउने विधि अवलम्बन गर्नुहुन्थ्यो, कहिले भने नाटक पनि मञ्चन गराउनुहुन्थ्यो । मिसकोे सिकाउने यस्तो विधि विद्यार्थीलाई औधी मनपथ्र्यो । उनीहरू रचना मिससित निकै रमाउँथे । तिनीहरू सधैँ उहाँको कक्षामा निकै शान्त, अनुशासित र प्रसन्न भएर बस्थे ।
‘आज म तिमीहरूलाई काजी कालु पाँडेका विषयमा केही कुरा भन्छु है त ?’ कक्षाको प्रारम्भमा नै मिसले यस्तो प्रस्ताव राख्नुभयो ।
‘हुन्छ मिस,’ समूह स्वरमा उनीहरूले स्वीकृति जनाए ।
‘आजभन्दा तीन सय पाँच वर्षअघि कालु पाँडे गोरखामा जन्मिएका थिए । ती सानैदेखि धेरै प्रतिभाशाली, सुझबुझ भएका र विचारवान् व्यक्ति थिए । उनको त्यही गुणले गर्दा उनी त्यतिबेलाका गोरखा राज्यका राजा पृथ्वीनारायण शाहका नजरमा पर्न पुगे ।
त्यतिबेला उत्तर पश्चिीमी सिमानामा पर्ने लमजुङ राज्यसित गोरखा राज्यको वैरभाव थियो । तर कालुपा“डेको कूटनीतिक व्यवहारकै कारण तत्कालका लागि जमजुङसित गोरखाको युद्ध टरेको थियो । त्यसैको पुरस्कार स्वरूप पृथ्वीनारायण शाहले अट्ठाइस वर्षकै उमेरमा नै उनलाई काजी पदवी दिए । ’
‘काजी पदवी भनेको के हो मिस ?’ विद्यार्थीले कौतुहलपूर्वक सामूहिक स्वरमा सोधे ।
‘उतिबेलाको काजी भनेको अहिलेको प्रधानमन्त्रीजस्तै हो नानीबाबुहरू ! काजी कालु पा“डे त्यतिबेला गोरखा राज्यका मुख्य प्रशासक थिए । ’
‘त्यसपछि के भयो मिस ?’ उनीहरूले त्यसरी नै एकपछि अर्को प्रश्न गर्दै गए ।
‘पृथ्वीनारायण शाहमा राजशाही शान र जोश त थियो तर तिनको त्यति धेरै विवेक थिएन । उनी आफूभन्दा नौ वर्ष जेठा कालु पा“डेलाई हेपेर ‘त“’ भनेर सम्बोधन गर्थे । कालु पा“डेलाई त्यो पटक्कै मन पर्दैनथ्यो तर राजाका अगाडि उनी त्यसको विरोध गर्न सक्दैनथे । एक पटक राजाले १८१४ जेठमा कीर्तिपुरमाथि आक्रमण गर्ने योजना बनाउन कालु पा“डेलाई अराए तर उनलाई त्यो समय युद्धमा जानु उचित होइन भन्ने लागेको थियो । उनको विचारमा परिस्थिति अनुकूल बनिसकेको थिएन । तसर्थ उनले राजालाई त्यही व्यहोराको उत्तर दिए । उनको कुरा सुनेर पृथ्वीनारायण शाहलाई जङ चल्यो ।
‘त“लाई मर्नदेखि डर लाग्यो ?’ हकारेको स्वरमा पृथ्वीनारायण शाहले कालु पा“डेलाई सोधे ।
‘मलाई मर्नदेखि कत्ति पनि डर छैन महाराज, गोर्खा राज्यको भलाइका लागि म आफूलाई कुर्वानी दिन तयार छु । तर अहिले परिस्थिति हाम्रो पक्षमा अनुकूल भइसकेको छैन मात्र भनेको हु“ । ’ शालीनतापूर्वक कालु पा“डेले उत्तर दिए ।
‘योद्धाहरूका लागि समय सदा उनीहरूको पैतालामुनिबाट गुज्रिन्छ । कीर्तिपुरमाथिको चढाइको अविलम्ब तयारी गर । ’ पृथ्वीनाराण शाहले दोहो¥याएर हुकुम दिए ।
.....................
मनले नमान्दानमान्दै पनि कालु पा“डे युद्धमा जान विवश भए । १८१४ को जेठ महिनामा नुवाकोट कटेर उनको फौज दहचोक डा“डाको सिरानमा पुग्यो । फौजको नेतृत्व गरिरहेका कालु पा“डेले त्यहा“ उभिएर गोरखातिर हेरे । उनले त्यहा“बाट गोरखा देखे । उनको मनले त्यो युद्ध सफल नहुने ठह¥याइसकेको थियो तर राजहठले गर्दा उनी युद्धमा जान विवश थिए । उनले त्यहा“ उपस्थित आफ्ना फौजलाई सम्बोधन गर्दै भने, ‘गोर्खा राज्य विस्तारका लागि आफ्नो सौर्य प्रदर्शन गर्न हिम्मत कसेर मेरो अगुवाइमा अघि बढेका मेरा इमानदार फौजी सुरवीरहरू हो, युद्धमा जहिले पनि हार र जितको सम्भावना बराबर हुन्छ । जिते हामी काठमान्डु खाल्डो हान्ने तयारी गरौ“ला, हारे एउटा पाठ सिकौ“ला । कदाचित मैले वीरगति प्राप्त गरे“ भने मलाई यही“, गोर्खा देखिने दहचोकको सिरानको यसै ठाउँमा ल्याएर समाधिमा राखिदिनू । ’
उनले त्यसो भन्दा त्यहा“ उपस्थित सबै फौजीको मन स्तब्ध हुन पुगेको थियो । उनले जे भने पनि उनको फौज त राजाज्ञा शिरोपर गर्दै युद्धको उन्माद बोकेर अगाडि बढिरहेको थियो । त्यसको केही समयपछि त्यो फौज कीर्तिपुरको सिमानामा पुग्यो । उताको फौज पनि गोर्खाली फौजले उपत्यकामा प्रवेश गरिसकेको खबर पाएलगत्तै युद्धको तयारीमा जुटिसकेको थियो । दुई फौजको आमने–सामनेमा भयङ्कर घमासान चल्यो ।
युद्धमा दुवै पक्षका कैयौ“ होनहार योद्धाले वीरगति प्राप्त गरे । १२०० भन्दा बढी गोर्खाली योद्धाले सहादत प्राप्त गरिसकेपछि एकातिर कडा खालको राजाज्ञाको अभेद्य पर्खाल र अर्कोतिर दुस्मन फौजको चपेटामा परेर किंकर्तव्यविमुढ भएका कालु पा“डे वीरतापूर्वक अघि बढे र युद्धमा होमिए । देब्रे हातमा ढाल र दाहिने हातमा तरबार लिएर रणभूमिमा होमिन पुगेका कालु पा“डेको गर्धनमा युद्धका दौरानमा शत्रुपक्षको तरबारको छप्का पर्न पुग्यो । उनको टाउको धडबाट छुट्टिएर तल खस्यो । हातमा तरबार समातेको शिरविहीन धड तरबार घुमाउ“दै र शत्रुपक्षका यौद्धाहरूमाथि जथाभावी आक्रमण गर्दै केही पर पुग्यो र एउटा ठूलो सालको रुख गल्र्याम्म ढलेझै“ भुइँमा पछारियो । टाउकोविहीन मान्छेको धड त्यसरी हातमा तरबार लिएर अघि बढेको देखेपछि मानिसहरूबीच भागदौड
मच्चियो । त्यही मौका छोपी गोर्खाली फौजले कालु पा“डेको धडलाई तानेर आफ्नो शिविरतिर ल्याए । त्यसपछि तिनीहरूको त्यो फौज मलिनु अनुहार लगाउ“दै दहचोकतिर
उकालो लाग्यो । ’ यति भनिसकेर रचना मिस एक छिनसम्म चुपचाप विद्यार्थीतिर हेरेर बस्नुभयो । तिनीहरू सबै स्तब्ध मुद्रामा मिसको अनुहार ताकेर बसिररहेका थिए ।
‘ल, अब आजको पाठ सकियो । भोलि एक दिन बिदा । पर्सिदेखि परीक्षा हुन्छ । सबैले राम्रो तयारी गरेर आउनू है त ?’ कक्षाकोठाबाट बिदावारी हुने तरखर गर्दै मिसले भन्नुभयो ।
‘हुन्छ मिस,’ सबैले एकै स्वरमा भने तर यति बेला उनीहरूको स्वर निकै शिथिल सुनिएको थियो ।
०००
परीक्षा सकिएकै दिनदेखि सबै विद्यार्थी फुक्काफाल भइसकेका थिए । तिनीहरू सबै अब नया“ कक्षा सुरु नभएसम्म के गरेर समयको सदुपयोग गर्ने होला भन्ने योजना बुन्नमा तल्लीन थिए ।
जितबहादुर र आसाङ भोलिपल्ट बिहान भात खाइसकेर पीपलडा“डाको बाटो माथितिर लागे । जङ्गलको बाटो जानुपर्ने भए पनि बाटामा मानिसको दोहोरो
आउजाउ चलिरहेको थियो । त्यसमा पनि त्यो शनिबारको दिन परेकाले स्विजरल्यान्ड पार्कतिर वनभोज खान हि“डेका मानिसका झुन्ड परैबाट देख्न सकिन्थ्यो । अलिकति माथि डा“डामा पुगेपछि वनैभरि राताम्मे फुलेका गुरा“सका फूल देखे तिनीहरूले । फक्रिएका गुरा“सका फूलको सुन्दरताले तिनीहरूको मन तान्यो । तिनीहरूले पातसहित राता गुरा“सका सात–आठ थु“गाका दुई–दुई झुप्पा बनाए र लहराका साना लोक्ता च्यातेर बा“धे । अनि काखमा फूलका झुप्पा च्यापेर अगाडि बढे ।
सानो समथर चौरजस्तो भन्ज्याङमा पुगेपछि बाटोभन्दा पूर्व दाहिनेतिर ठाउ“ठाउ“मा पाल टाँ“गिएका देखे तिनीहरूले । लाउडस्पिकरबाट छक्कापञ्जाका छाडा गीतहरू घन्किइरहेका थिए । युवायुवतीदेखि प्रौढ–प्रौढासमेत आ“खा कर्काई कर्कार्ई र कम्मर मर्काई मर्काई गीतमा नाचिरहेका थिए । तिनीहरूलाई त्यो रमाइलो एकैछिन हेर्न मन लाग्यो र त्यतै लागे । तिनीहरू पालमुनि एक जना प्रौढ नजिकै पुगेर उभिए । स्विजरल्यान्ड पार्क नाम दिइएको भए पनि त्यस नाम माफिकको कुनै कुरा थिएन त्यहा“ । उही धुलो, उही अव्यवस्था र उही बेथिति । सानो काठमाडौँजस्तै देखिएको थियो त्यो ठाउँ । नाचको धुनले प्रौढको पनि ध्यान त्यतै तानिरहेको बेला अनायास त्यस ठाउँमा पुगेका दुई किशोरलाई एक्कासि आफ्नो अगाडि उभिन पुगेको देखेर एक छिन ती प्रौढ अलमल परे ।
‘बाबु, तिम्रो नाम के हो ?’ तिनले एक प्रकारको हतारमा सोधे ।
‘जितबहादुर तितुङ थिङ’ उसले निर्भीकतापूर्वक उत्तर दियो ।
‘अनि तिम्रो नि ?’ अर्का बालकतिर हेरेर उनले फेरि सोधे ।
‘आसाङ लामा,’ उसै गरी उत्तर आयो ।
‘अनि कति कतिमा पढ्छौ नि ?’
‘अब दुवै ७ मा जाने,’ अनुहारमा अलिकति मुस्कान छरेर आसाङले उत्तर दिए ।
‘गुरा“स कहा“बाट ल्यायौ ?’ जिज्ञासापूर्वक उनले सोधे ।
‘वनबाट,’ ती दुवैले एकै पटक भने ।
‘बेच्ने ?’ प्रौढले सोधे ।
‘बेच्ने,’ ती दुवै बोले ।
‘झुप्पाको कति ?’
‘बीस । ’
प्रौढले एक सय रुपियाँको नोट तिनका हातमा
थमाइदिए । चार झुप्पा गुरा“सका फूल लिए । एकै छिनको व्यापारमा सय रुपिया“ कमाएकोमा ती दुई किशोर पनि फुरुङ्ग पर्दै दहचोकको बाटोतिर उकालो लागे ।
थुमको काखमा थियो दहचोक, जहा“ मसला र सल्लाका बोटहरूको पातलो जङ्गलमुनि चिनिया“
चिल्ला इ“टाका सि“ढी लगाएको सानो पोखरी थियो बीचमा । पोखरीमा पानी थिएन तर त्यसैलाई इन्द्रदह नाम दिइएको थियो । ती दुवै किशोर दहको दाहिने किनारतिरबाट उत्तर लागे र ठाडो उकालो हु“दै डा“डाको शिरमा पुगे । त्यही“ थियो ती वीर योद्धा कालु पा“डेको समाधिस्थल– सानो चौतारो आकारमा काला ढुङ्गाका ससाना छपनीले चिठेको उच्चस्थल । त्यसको केही माथि पखेराका गरामा उनको पूर्ण कदको ढलोटको प्रतिमा गोर्खातिर फर्काएर राखिएको थियो ।
‘अहा, कति राम्रो हगि जितु ?’ समाधिस्थलका काला ढुङ्गामा हातले छु“दै आसाङले भन्यो । जितबहादुर उसको भनाइमा साथ दि“दै मुसुक्क हा“स्यो । त्यसपछि ती दुवैले ती वीर योद्धाको समाधिमा श्रद्धाले शिर झुकाएर अभिवादन गरे, अनि प्रतिमामा छोएर शिरमा हात राखे ।
चौवालीस वर्षको छोटो उमेरमा आफ्नो प्राण त्याग्न विवश उनी आधुनिक नेपालको इतिहासका एक अमर पात्रका रूपमा तिनका मन, मस्तिष्कमा समेत अमर भइसकेका थिए । तिनै वीर पुरुषसितको साक्षात्कारपछि केहीबेर तिनीहरू त्यही“ सुस्ताए । वरपरको दृश्यावलोकन गर्न थाले ।
उत्तरमा बेत्रावतीको फा“ट र त्यसपरको निलो
आकाश अनि धुन्चेमाथिको हिमाल, परको गोर्खा माथिका सेता हिमाल र कालुपा“डेका गाउ“घरका डा“डाका“डा सबै तिनीहरूका आ“खामा परे । तिनीहरूले फेरि आफ्नो गाउ“तिर हेरे, पिपलडा“डाको भन्ज्याङ र तिनको स्कुल, अगाडिको चन्द्रागिरी डा“डो र त्यसपरको आकाश अनि अलि तल देब्रेतिर देखिने पूरै उपत्यका तिनका नजरमा परे । तिनले त्यो सबै हेरेर र देखेर खुबै रमाइलो माने ।
पश्चिमको आकाशबाट घाम कोल्टे परेर तलतल सर्दै गइरहेको थियो । त्यसका किरण बिस्तारै लोलाउ“दै गएका थिए । ‘जाम अब घर,’ आसाङको हात समात्दै जितबहादुरले भन्यो ।
‘हुन्छ अब लागौ“,’ आसाङ पनि उठेर बाटो लाग्यो ।

धापासी, काठमाडौँ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?