logo
२०८१ बैशाख ७ शुक्रवार



जलरङ समाजद्वारा आयोजित चित्रकला प्रदर्शनी सम्पन्न

कला |


जलरङ समाजद्वारा आयोजित चित्रकला प्रदर्शनी सम्पन्न


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ १८ गते । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस)– नेपालद्वारा आयोजित चित्रकला प्रदर्शनी बुधबार सम्पन्न भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आयोजित प्रदर्शनी भदौ ७ गतेदेखि सुरु भएको थियो ।

नक्सालस्थित प्रतिष्ठानकै ग्यालरीमा आयोजित सो प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका कलाकारको ८० चित्रकृति राखिएको थियो ।

प्रदर्शनीमा जल रंग माध्यममा प्राकृतिक एवं सांस्कृतिक सम्पदा, जनजीवनका विषयवस्तुमा तयार पारिएका चित्रकृति राखिएका थिए । प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र नेपालका ४३ कलाकारका कलाकृति राखिएका थिए । आइडब्लूएस नेपालका अध्यक्ष एनबी गुरुङले कलाका माध्यमबाट विश्वमा नेपालको परिचयत स्थापित गर्न अन्तर्राष्ट्रिय कला प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?