logo
२०८१ बैशाख १२ बुधवार



वरिष्ठ पौभा कलाकार दीपककुमार जोशीकाे पशुपति आर्यघाटमा अन्त्येष्टि

कला |


वरिष्ठ पौभा कलाकार दीपककुमार जोशीकाे पशुपति आर्यघाटमा अन्त्येष्टि


गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १८ गते । वरिष्ठ पौभा कलाकार दिपककुमार जोशीको अर्बुद्ध रोगका कारण ५६ वर्षको उमेरमा मंगलबार राति ११ः४५ बजे हरिसिद्धि क्यान्सर अस्पतालमा निधन भएको छ । कलाकार जोशीको पशुपति आर्यघाटमा बधुबार अन्त्येष्टि गरिएको छ ।

त्यसअघि नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा अन्तिम श्रद्धाञ्जलिका लागि स्व.जोशीको पार्थिक शरीर राखिएको थियो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रसिद्ध परम्परागत कलाकार जोशीको पार्थिक शरिरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको झण्डा ओढाएर सम्मान एवं श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

उहाँले कलाकार जोशीको निधनले नेपाली परम्परागत कला क्षेत्रमा सिद्धहस्त, कुशल कलाकार गुमेको बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, सदस्य सचिव विपिनकुमार घिमिरे, प्राज्ञहरुः रमेशनाथ खनाल, मिथिला देवी, सुषमा राजभण्डारी, बुद्धि गुरुङ, लालकाजी लामा, धर्मराज शाक्य, पूर्व कुलपति किरण मानन्धर, मानार्थ प्राज्ञ हरीप्रसाद शर्मा, प्राज्ञ विजय थापा, आई.डब्लु.एस.नेपाल च्याप्टरका अध्यक्ष एन.वि. गुरुङ लगायतले स्व.कलाकार जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।

काठमाडौँमा सन् १९६३ मा जन्मनुभएका कलाकार जोशीले प्रसिद्ध कलाकार सिद्धिमुनी शाक्य र पे्रममान चित्रकारसँग पौभा चित्रकला सिक्नु भएको थियो ।

उहाँले राष्ट्रिय ललितकला प्रदर्शनीमा दुई पटक राष्ट्रिय पुरस्कार प्राप्त गर्नु भएको थियो । जोशीको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?