logo
२०८० चैत्र १६ शुक्रवार



‘शमी साहित्य साधना सम्मान’ भँडारीलाई   

कला |




काठमाडौँ, भदौ १७ गते । यस वर्षको ‘शमी साहित्य साधना सम्मान’ इलाममा रहेर लामो समय नेपाली भाषा, साहित्यमा योगदान दिँदै आउनुभएका ८१ वर्षीय माधव भँडारीलाई दिइने भएको छ ।    
प्रतिष्ठानले विसं २०६७ देखि वरिष्ठ र ओझेलमा परेका साधकलाई दिँदै आएको सो पुरस्कारको राशि रु एक लाख एक हजार १०१ छ । यसैगरी रु २५ हजार राशिको शमी युवा प्रोत्साहन पुरस्कार गायिका मेलिना राई (खोटाङ) लाई प्रदान गरिने भएको छ ।    
    
प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षता र संरक्षक डोलिन्द्रप्रसाद शर्माको उपस्थितिमा सम्पन्न कार्यसमितिको बैठकले प्रतिभा चयन गरेको हो । प्रतिभा चयनका लागि प्राडा देवीप्रसाद गौतमको संयोजकत्वमा प्रा राजेन्द्र सुवेदी र प्राडा महादेव अवस्थी सम्मिलित समिति गठन गरिएको थियो ।    
    
संस्थाले कक्षा १२ मा लैङ्गिक समता विषयमा सर्वाेत्कृष्ट हुने विद्यार्थीलाई रु २० हजार राशिको सम समता लैङ्गिक अध्ययन पुरस्कार पनि प्रदान गर्दै आएको छ । यी पुरस्कार हरेक असोज ५ गते प्रदान गरिन्छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?