logo
२०८० चैत्र १६ शुक्रवार



धनुषामा मास्क नलगाए सय रुपियाँ जरिवाना

खुला |


धनुषामा मास्क नलगाए सय रुपियाँ जरिवाना


लक्ष्मी चौधरी
जनकपुरधाम, माघ ८ गते । धनुषामा कोरोना सङ्क्रमण बढ्दै गएपछि मास्क नलगाउने माथि कडाइ गरिने भएको छ ।

प्रशासनले आइतबारदेखि मास्क नलगाउनेले एक सय रुपियाँ जरिवाना तिर्नुपर्ने जनाएको छ ।

मास्क लगाउनका लागि शुक्रबार र शनिबार दुई दिन जनचेतनामूलक कार्यक्रम भइरहेको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । जनचेतनामूलक कार्यक्रमपछि पनि मास्क नलगाएको पाइएमा सय रुपियाँ जरिवाना असुल गरिने प्रजिअ पौडेलले बताउनुभयो ।

कोरोना सङ्क्रमणदर बढ्दै गएपनि मानिसहरुले सतर्कता नअपनाएका कारण जरिवाना लिने निर्णय गरिएको उहाँको भन्नुभयो ।

धनुषाका विभिन्न स्थानहरुमा जिप्रका, जनकपुरधाम उपमहानगरपालिका, उद्योग वाणिज्य संघलगायतले मास्क वितरण गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?