logo
२०८० चैत्र १६ शुक्रवार



कङ्गोमा पानीजहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

अन्तर्राष्ट्रिय |


कङ्गोमा पानीजहाज दुर्घटना हुँदा १८० जना बेपत्ता


किन्सासा, माघ ७ गते । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानीजहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

करिब ६०० यात्रु बोकेको जहाज अत्यधिक भारका कारण दुर्घटना भएको हुनसक्ने संयुक्त राष्ट्रसंघ समर्थित समाचार आउटलेट रेडियो ओकापीले केही जीवित व्यक्तिहरूको भनाइलाई उद्धृत गर्दै जनाएको छ ।

विशेष गरी कङ्गो नदीमा प्रायः रातको यात्रा, ओभरलोड र जहाजहरूको खराब अवस्थाका कारण बारम्बार दुर्घटना हुने गर्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?