logo
२०८१ बैशाख ११ मंगलवार



गल्फ टुरमा कुमार र जयरामको अग्रता

खेलकुद |


गल्फ टुरमा कुमार र जयरामको अग्रता


काठमाडौँ, मङ्सिर २० गते । सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो स्पर्धा काठमाडौँ ओपनमा कुमार कामी र जयराम श्रेष्ठले अग्रता लिनुभएको छ । पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सोमबारबाट सुरु भएको प्रतियोगितामा कुमार र जयरामले समान ६ अन्डर ६२ खेल्नुभयो ।

पाँच अन्डर ६२ खेल्नु भएको भुवन कुमार रोक्का र भुवन नगरकोटी संयुक्त दोस्रो स्थानमा हुनुहुन्छ । चार अन्डर ६४ खेल्नुभएका रवी खड्का तेस्रो र एक अन्डर ६७ खेल्नु भएका धन थापा र सन्जय लामा संयुक्त चौथो स्थानमा हुनुहुन्छ ।

एमेच्योरतर्फ १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवास तामाङ इभनपार ६८ स्कोरका साथ शीर्षस्थानमा हुनुहुन्छ । दोस्रो स्थानमा रहनु भएका निश्चयजंग रायमाझी चार ओभर ७२ स्कोरका साथ दोस्रो स्थानमा हुनुहुन्छ ।

कूल ७२ होलको चार दिने प्रतियोगितामा ४० ब्यवसायिक (प्रो) र १५ जना एमेच्योरगरी ५५ गल्फरको सहभागिता रहेको छ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा ३६ होलपछि प्रोतर्फ शीर्ष २१ र एमेच्योरतर्फ ६ खेलाडी थप ३६ होलको फाइनल चरणमा प्रवेश गर्नेछन् ।

प्रोतर्फको विजेतालाई एक लाख १० हजार, उपविजेतालाई ७४ हजार र तेस्रो हुनेलाई ६० हजार रुपियाँ पुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । एमेच्योरतर्फको विजेतालाई ट्रफी प्रदान गरिने बताईएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?