logo
२०८० चैत्र १६ शुक्रवार



२२० जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु

स्वास्थ्य |


२२० जना नयाँ सङ्क्रमित थपिए, पाँचको मृत्यु


काठमाडौं, मङ्सिर १८ गते । पछिल्लो २४ घण्टामा २२० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । पाँच हजार २९५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ५०२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३९२ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा पाँच जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४० पुगेको छ ।

यसैगरी देशभर हालसम्म छ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?