logo
२०८० चैत्र १६ शुक्रवार



स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि

अन्तर्राष्ट्रिय |


स्पेनमा कोभिड ओमिक्रोन स्ट्रेनको तेस्रो सङ्क्रमण पुष्टि


म्याड्रिड, मङ्सिर १६ गते । कोभिड–१९ को नयाँ स्ट्रेन ओमिक्रोनको तेस्रो सङ्क्रमणको घटना स्पेनको बेलेरिक टापुमा पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

सन स्पेसेस विश्वविद्यालय अस्पतालको माइक्रोबायोलोजी प्रयोगशालाले आज विशेष पिसिआर परीक्षणमार्फत Omicron SARS-CoV-2 स्ट्रेनको सङ्क्रमण पुष्टि गरेको कुरा बेलेरिक टापु सरकारको स्वास्थ्य परिषद्ले विज्ञप्तिमा मार्फत् जनाएको छ ।

यस अघि दुई केसहरू म्याड्रिडमा पुष्टि भएका थिए । तीनवटै सङ्क्रमण दक्षिण अफ्रिकाका यात्रुहरूमा पत्ता लागेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?