logo
२०७८ माघ १२ बुधवार



साउदी अरेरिबायाद्वारा यमनमा बमबारी

अन्तर्राष्ट्रिय |


साउदी अरेरिबायाद्वारा यमनमा बमबारी


आदेन, मङ्सिर १५ गते । केही वर्षयतादेखिको द्वन्द्वग्रस्त देश यमनमा साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि बमबारी भएको बताइएको छ । यमनको मारिब शहरमा सो बमबारी गरिएको समाचारमा जनाइएको छ । त्यसमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन ।

तर सो शहरमा केही दिनदेखि नै निरन्तर रुपमा सैन्य विमानहरुद्वारा बमबारी भएको अधिकारीहरुले जनाएका छन् ।

मारिब शहरको अधिकांश भूभाग अहिले पनि यमनका विद्रोहीहरुको कब्जामा रहेको यहाँका अधिकारीहरुले जनाएका छन् । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रुपमा यहाँका विद्रोहीका विरुद्धमा कारबाही गर्दै आएको छ ।

गएका केही वर्षदेखि नै हुथी विद्रोहीहरुको कब्जामा रहेको सो सहर तेलको धनी मानिन्छ । त्यसैले यो शहर समय समयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

khwopo-college