logo
२०८० चैत्र १६ शुक्रवार

  एमाले केन्द्रीय कमिटीको बैठक  



पदाधिकारी थपेर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास, निर्णय बन्दसत्रमा लगिने

पढ्नै पर्ने |


पदाधिकारी थपेर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास, निर्णय बन्दसत्रमा लगिने


दीपक श्रेष्ठ/ शालिग्राम नेपाल 
सौराहा मङ्सिर ११ गते । नेकपा एमालेको शुक्रवार मध्यरात सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित अन्य पदमा संख्या थपेर सर्वसम्मत नेतृत्व चयन गर्ने भएको छ ।
पार्टीको बिधान भन्दा फरक व्यवस्था गर्नु पर्ने भएकाले केन्द्रीय कमिटीले गरेको निर्णय बन्द सत्रमा प्रस्ताव लगेर अनुमोदन गर्ने तयारी रहेको छ । केन्द्रीय कमिटिले गरेको निर्णय राती १२:३० बजे सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख योगेश भट्टराईले पदाधिकारी सन्ख्या थप गर्नाले सहमतिको वातावरण बन्ने जानकारी दिनुभयो ।
उहाँले भन्नूभयो एक अध्यक्षसहित सात उपाध्यक्ष जसमा वरिष्ठ उपाध्यक्ष एक छ उपाध्यक्ष , एक महासचिव , ३ उपमहासचिव , सात सचिव, केन्द्रीय कमिटी ३०१, पोलिट्ब्युरो ९९, स्थायी कमिटी ४५, पदाधिकारी१९ पुर्‍याउने भएको हो ।
यो निर्णयले धेरै साथिहरुको व्यबस्थापन हुनेछ । पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक सबै बर्गको सुझाव, आकाङ्काक्षीको सन्ख्या वृद्धिले गर्दा थप निर्णय लिएको प्रचार विभाग प्रमुख भट्टराईले भन्नभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?