logo
२०८० चैत्र १६ शुक्रवार



३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ

फिचर |
मुख्य समाचार |
राष्ट्रिय |


३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ


काठमाडौं, मंङ्सिर १० गते । महानगरीय अपराध महाशाखाले प्रतिबन्धित रक्तचन्दनको तेलसहित काठमाडौंको तिलगङ्गाबाट १० जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले अवैध रूपमा बिक्री गर्ने तयारीमा राखेको ३३ लिटर रक्तचन्दनको तेलसहित सिन्धुली हरिहरपुर–४ का हेमकुमार श्रेष्ठ, मकवानपुर गढी–१ का मंगल सिहं लो, काठमाडौँ टोखा–४ का ईक्रम श्रेष्ठ, तिलगंगाका मदन पोडे, छाउनीका अनिल चरण तथा अनुप कुमारलाई पक्राउ गरेको हो ।

त्यस्तै सोही अवैध कारोबारमा संलग्न बनेपा–४ का कार्साङ्ग लामा, खोटाङ हलेसी–६ का घनश्याम आले मगर तथा जीवन थापा, तनँहु भानु–६ का सुदीप भट्टराईलाई रक्तचन्दनको तेलसहित महाशाखाले नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्द्र कुवेर खापुङ्ले विशेष सूचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

रक्तचन्दनको तेलको अवैध बिक्री भइरहेको भन्ने गोप्य सूचनापछि महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

भातबाट नेपाल अवैध रूपमा भित्रिएको रक्तचन्दनको तेल चीनतर्फ तस्करी गर्नु योजना रहेको खापुङ्ले जानकारी दिनुभयो । कडा सुरक्षाका कारण चिनतर्फ तस्करी गर्न नसकेपछि काठमाडौँमा नै बिक्री गर्न लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ ।

तिलगङ्गास्थित मदन पोडेको कोठाबाट बरामद भएको ३३ लिटर तेल प्रतिलिटर ५ लाखमा बिक्री गर्ने योजना रहेको खुलेको महाशाखाले जनाएको छ ।

खापुङ्ले पक्राउ परेका उनीहरूले पाँच सय लिटर रक्तचन्दनको तेलका बिक्री गर्न चाहेको बताए पनि ३३ लिटरमात्र बरामद भएकाले थप खप खोजी तथा अनुसन्धान भइरहेको बताउनुभयो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि वन डिभिजन कार्यालय हात्तीसार काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?