logo
२०८० चैत्र ६ मंगलवार



बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु

खुला |
समाज |


बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु


जुम्ला, मङ्सिर १० गते । जुम्लाको तिला गाउँपालिका –९ स्थित बालुवा खानीमा पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोही वडा निवासी १९ वर्षीया निली रावत र १५ वर्षीया निरमाया रावत धाराखोलास्थित बालुवा खानीमा पुरिँदा मृत्यु भएको हो ।

स्थानीयवासी बिनबहादुर रावतका अनुसार शुक्रबार बिहान ७ बजे बालुवा सङ्कलनका लागि खानी पसेका थिए। बालुवा सोर्दै गर्दा खानी भत्किएर पुरेकाले उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थल जुम्ला सदरमुकाम खलङ्गाबाट करिब ३५ कोष टाढा छ । खबर प्राप्त भएलगत्तै रारास्थित प्रहरी चौकीका सुरक्षाकर्मी घटनास्थलतर्फ जानका साथै मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालयबाट एक टोली खटाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो ।

घटनाको प्रकृति हेरेर पीडित परिवारलाई राहत उपलब्ध गराइने बताइएकोे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?