logo
२०८१ बैशाख ११ मंगलवार



थापाको उपचारका लागि आठ लाख रूपियाँ सहयोग

विदेश |
समाज |


थापाको उपचारका लागि आठ लाख रूपियाँ सहयोग
उपचारको लागि रकम प्रदान गर्दै । तस्विर–अमरराज नहर्की



अमरराज नहर्की
तनहुँ, मङ्सिर ९ गते । अमेरिकामा बस्ने गैर आवासीय नेपालीले तनहुँका एक युवकको उपचार लागि आर्थिक सहयोग गरेका छन् । व्यास नगरपालिका–१ गल्वुवेशी, डाँडागाउँ निवासी २० वर्षीय अविनाश थापाको उपचारका लागि आठ लाख रुपियाँ आर्थिक सहयोग गरेका हुन् । बिरामी थापाको अभिभावकको आर्थिक अवस्था कमजोर भएकाले अमेरिकामा रकम सङ्कलन गरी नेपालमा ल्याई हस्तान्तरण गरिएको छ ।

तनहुँ जन्मघर भई हाल अमेरिका बस्ने लोकदोहोरी गायिका सृजना विरही थापाको सक्रियता र तनहुँमैै घर भएका गैर आवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्थ, वरिष्ठ लोकदोहोरी गायक प्रेमराज महत, प्रेम थापा, राजन त्रिपाठी लगायतको अमेरिकाको मेरिल्याण्ड तथा बाल्टीमोर निवासी नेपालीको सहयोगमा रकम जुटाएर सहयोग गरिएको हो ।

सङ्कलित रकमको परोपकार कार्यमा सक्रिय संस्था इन्द्रेणी समूहलाई गैर आवासीय नेपाली सङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पन्थले सो रकम हस्तान्तरण गरी समूहले बुधबार घरमै पुगेर युवकका बुबा खिमबहादुर थापा मगरलाई हस्तान्तरण गर्नुभयो । इन्द्रेणी समूहले युवकको उपचारको लागि २५ हजार सहयोग गरेको थियो । इन्द्रेणी समूहको लागि वरिष्ठ उपाध्यक्ष पन्थले १० हजार रुपियाँ आर्थिक सहयोग गर्नुभएको थियो । थापा छ महिना अघिदेखि प्यारालाइलिसका बिरामी छन्।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?