logo
२०८१ बैशाख ६ बिहीवार



देशमा फर्किएर व्यवसाय गर्ने वातावरण बन्दैछ - शिक्षामन्त्री

विदेश |
राष्ट्रिय |


देशमा फर्किएर व्यवसाय गर्ने वातावरण बन्दैछ - शिक्षामन्त्री



गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक २९ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विदेशमा रहेका नेपाली क्रमशः स्वदेशमा फिर्ता हुने वातावरण बन्दै गएको बताउनुभएको छ । नेपाली जनप्रगतिशील मञ्च फ्रान्सले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाँले शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले प्रगति गर्दै गएको बताउनुभएको हो ।

‘शिक्षा, स्वास्थ्य र रोजगारमा नेपालले पनि प्रगति गर्दै गएको छ,’ उहाँले भन्नुभयो,’ ‘ क्रमशः आफ्नै देशमा फर्केर पेशा, व्यवसाय गर्ने वातावरण बन्दैछ ।’ मन्त्री पौडेलले आफ्नो देश आफँैले बनाउनुपर्ने भन्दै सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो । मन्त्री पौडेले युनेस्कोको ४१ महासभामा भाग लिन नोभेम्बर १० तारिख त्यहाँ जानुभएको हो । उहाँ १८ तारिख स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?