logo
२०८० चैत्र १५ बिहीवार



नम्बर १ प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता हुँदै

खेलकुद |


नम्बर १ प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता हुँदै


हरि काेइराला
उर्लाबारी, कात्तिक ११ गते । माेरङकाे लेटाङमा १ नम्बर प्रदेशस्तरीय मेयर कप भलिबल प्रतियोगिता २०७८ काे आयोजना गरिने भएको छ । 
           आयाेजक लेटाङ भलिबल क्लबले बिहीबार पत्रकार सम्मेलनकाे आयाेजना गरी खेलका विषयमा जानकारी गराएकाे हाे।  कात्तिक १४ देखि १६ गतेसम्म लेटाङ भलिबल क्लबकाे काेर्टमा प्रतियोगिताकाे आयाेजना हुनेछ । प्रदेश १ का १२ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका विजेतालाई एक लाख एक हजार नगद सहित मेयर कप,ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने ५१ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ। लेटाङ नगरपालिकाको दुई लाख २५ हजार रुपियाँ आर्थिक सहयोगमा प्रतियोगितालाई चाैधरी ग्रुपले प्रायाेजन गर्ने भएको छ।  प्रतियोगितामा विभिन्न ५ विधामा उत्कृष्ट पुरस्कार दिइनेछ। । क्लबका अध्यक्ष ललिलबहादुर लिम्बूले खेलमा प्रदेश भरका सबै राष्ट्रिय खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?