logo
२०८० चैत्र १५ बिहीवार



दोस्रो टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता हुँदै

खेलकुद |


दोस्रो टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता हुँदै


धनगढी, कार्तिक १० गते । पूर्वमन्त्री स्वर्गीय टेकबहादुर चोखालको सम्झनामा दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कप हुने भएको छ । निसर्ग अस्पतालको मुख्य प्रायोजनमा फुटसल प्रतियोगिता धनगढीमा हुन लागेको हो ।

टेकवहादुर चोखाल फाउण्डेसनको आयोजना र अभि मिडिया ईभेन्ट्स एण्ड स्पोर्टसको व्यवस्थापनमा कार्तिक १३ गतेदेखि १५ गतेसम्म धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका वडाका टीमहरु सहभागी हुने फुटसल प्रतियोगिता हुने टेकवहादुर चोखाल फाउण्डेसनका अध्यक्ष विनय चोखालले जानकारी दिनुभयो ।

उहाँले युवालाई फुटसलतिर आकर्षण बढाउनका लागि टेकबहादुर चोखाल स्मृति कप फुटसल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।

दोस्रो निसर्ग अस्पताल टेकबहादुर चोखाल स्मृति कपको विजेताले नगद ५० हजार रुपियाँसहित ट्रफी ,मेडल पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद २५ हजार सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नेछन् । पहिलो संस्करणको विजेताले नगद ३० हजार सहित ट्रफी मेडल तथा उपविजेताले १५ हजार नगद सहित ट्रफी मेडल पुरस्कार प्राप्त गर्नुभएको थियो ।

प्रतियोगिता धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा आयोजना हुने टेकवहादुर चोखाल फाउण्डेसनले जनाएको दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?