logo
२०८० चैत्र १५ बिहीवार

  दृष्य समाचार  



तेह्र वर्षभयाे, निरन्तर स्टेरिङ यात्रा

खुला |
समाज |


तेह्र वर्षभयाे, निरन्तर स्टेरिङ यात्रा


विष्णु पाण्डे, दृश्यमा मनोजरत्न शाही/केशब गुरुङ्ग
काठमाडौं,कात्तिक ५ गते । रामेछापकी कल्पना तामाङ् विगत १३ वर्षदेखि काठमाडौंमा टेम्पो चलाउँदै आउनुभएको छ । तामाङ्ले यसअघि अन्य व्यवसाय पनि गर्नुभएको हो तर अरुमा खासै सोचेजस्तो प्रगति नभएपछि उहाँ यो पेशामा आकर्षित हुनुभयो ।


यो पेशा सुरु गर्नुपूर्व उहाँले तीन महिना यससम्बन्धी तालिम लिनुभयो । ऊन बुन्ने पेशा त्यागेर यो पेशामा लाग्नुभएको हो । उहाँ यो पेशाप्रति महिलालाई हेर्ने दृष्टिकोणमा भने अझै परिवर्तन नआएको गुनासो गर्नुहुन्छ ।
“टेम्पो चलाउँन काहाँ सजिलो छ र महिला भनेर यात्रु, प्रहरी, अन्य सवारी चलाउनेले पनि हेप्ने गर्छन् , आफ्नो पीडा कसलाई सुनाएर के हुन्छ र भन्ने लाग्छ,” उहाँले भन्नुभयो ।
टेम्पो चलाउँदा धेरै समस्या भोग्नु परेकाले पनि सरकारले आफूहरुलाई केही प्राथमिकताका साथ हेर्नुपर्ने उहाँ बताउनुहुन्छ । टेम्पो चलाउँदा अन्य सवारी चलाउनेले हेलचक्राई गरेर सवारी चलाईदिनाले पनि कतै दुर्घटना हुन्छ कि भन्ने मनमा सधै पिर पर्छ ।
शौच लाग्यो भने कहाँ जाने भन्ने पिरले उहाँलाई पनि सताउँछ । काठमाडौं महानगरका भित्री शहरी क्षेत्रमा सहज रुपमा शैचालय नहुँनु र भएका शैचालय पनि फोहर भएका कारण अ‍े धेरै हैरानी खेप्नुपरेको छ । उहाँका जीउने सहारा नै टेम्पो हो । सन्तुष्टि भन्ने कुरा कसरी लिने भन्ने हो हुन्छ तर म यस काममा सन्तुष्ट छु, उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?