logo
२०८० चैत्र ६ मंगलवार



पहिराेमा परी एकजनाको मृत्यु   

खुला |
समाज |


पहिराेमा परी एकजनाको मृत्यु   


डडेल्धुरा, कात्तिक २ गते । घरमाथिबाट आएको पहिराेमा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरामा पुरिएर अवस्थीको ज्यान गएको हो । जिल्लामा फोन नेटवर्क र विद्युत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।    
    
 यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिराेमा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र तटीय क्षेत्रहरुमा निरन्तरको वर्षाका कारण बाढी पनि बढेकाले उच्च जोखिम रहेको हुँदा सतर्कता अपनाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।    
    
 वर्षा अन्य वर्षको तुलनामा धेरै भइरहेको छ , जोखिम पनि त्यतिकै छ, बाढी पहिराबाट हुन सक्ने क्षेति रोक्न आफैं चनाखो भई सचेत रहन आग्रह गरिएको प्रजिअ मोहनराज जोशीले जानकारी दिनुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?