logo
२०८१ बैशाख ७ शुक्रवार



एनआरएनएलाई निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्रको पत्र

विदेश |
राष्ट्रिय |


एनआरएनएलाई निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्रको पत्र


काठमाडौं, भदौ २८ गते । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न अनुराेध गरेकाे छ ।
मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पत्र लेख्दै यस्तो अनुराेध गरेकाे  हो । एनआरएनए को १० औँ महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापाक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले पत्र लेख्दै निर्वाचन प्रक्रिया स्थगन गर्न भनेकाे हो ।
परराष्ट्रका अनुसार उक्त निवेदनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिनिधि छनाेट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्जियम, साइप्रस, अस्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पार्चुगललगायत मुलुकहरुमा समस्या रहेको पत्रमा उल्लेख छ । यसैगरी पत्रमा जापानकोे राष्ट्रिय समन्वय परिषद्को निर्वाचनका सम्बन्धमा उठेका विषयबारेमा सम्बोधन नगरिएको लेखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?