logo
२०८१ बैशाख ८ शनिवार



बाढीमा परेर न्युयोर्कमा तीन नेपालीको निधन

विदेश |


बाढीमा परेर  न्युयोर्कमा तीन नेपालीको निधन
न्युयोर्कको उडसाइडस्थित तीन नेपाली मृत फेलपरेकाे घरमा सुरक्षाकर्मी अनुसन्धान गर्दै


कृष्णराज खनाल
न्युयोर्क (अमेरिका) भदाै १८ गते । न्युयोर्कमा बुधवार परेको अविरल वर्षाका कारण एकै परिवारका तीन जना नेपालीको मृत्यु भएको छ । परिवारिक स्राेतका अनुसार न्युयोर्कमा भएको यो घटनामा परी मृत्यु हुनेमा सोलुखुम्बु जुनबेसीका ४९ वर्षीय आङ्गेलु लामा, उनकी २० वर्षीया श्रीमती मिङ्मा याङ्जी शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन्। उनीहरु न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका थिए ।

स्रोतका अनुसार, उनीहरु सुतेको समयमा घरभित्र बाढी पसेको थियो । लामा परिवारको मृत्यु लगत्तै सुरक्षा निकायले बिहानै उनीहरुको शव व्यवस्थापन गरी छानबिन प्रक्रिया अगाडि बढाएको जनाइएको छ । मृतक लामा विगत १४ वर्षदेखि न्युयोर्कमा बसोबास गदै आउनुभएकाे थियाे । 

‘ अकल्पनीय घटनामा हाम्रो परिवारको सदस्य गुमाउनु पर्दा हामीलाई निकै दुख लागिरहेको छ ’ आङ गेलु लामाका दाइ लातेन लामाले बताउनुभयाे। न्युयोर्कमा परेको अविरल वर्षाका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ भने करोडौँ मूल्य बराबरको धनमाल क्षति भएको छ । यसैबीच, न्युयोर्कस्थित शेर्पा किदुंगले मृतक लामाको परिवारको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ । अमेरिकास्थित नेपाली दूतावासले भने यस विषयमा न्युयोर्क आधिकारिक जानकारी गराएकाे छैन । स्थानीय क्यूएनएस अनलाइनले पनि तीन नेपालीकाे मृत्यु भएकाे समाचार प्रकाशित गरेकाे छ । 

(खनाल अमेरिकामा कार्यरत पत्रकार तथा पूर्व गाेरखापत्रकर्मी हुनुहुन्छ)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?