logo
२०८१ बैशाख ७ शुक्रवार



अफगानिस्तानबाट उद्धार गरी बेलायत पु-याइएका नेपालीलाई स्थानीय नेपाली समुदायद्वारा सहयोग

विदेश |


अफगानिस्तानबाट उद्धार गरी बेलायत पु-याइएका नेपालीलाई स्थानीय नेपाली समुदायद्वारा सहयोग
स्वीण्डनको होटल क्वारेण्टाइनमा रहेका नेपाली


करुण अर्याल
लण्डन,भदौ ९ गते । तालिबानले अफगानिस्तानमा कब्जा जमाएसँगै त्यहाँ कार्यरत नेपाली स्वदेश फर्कने क्रम जारी छ । यसैक्रममा अफगानिस्तानमा संयुक्त अधिराज्य (बेलायत) को कम्पनीमा कार्यरत नेपालीलाई ती कम्पनीहरुले बेलायत ल्याएर नेपाल फर्काउँदैछन् । लण्डन ‘ट्रान्जिट’ हुँदै केही नेपाली स्वदेश फर्किसकेका छन भने केही क्वारेण्टाइनमा बसेका छन । दश दिने क्वारेण्टाइनको अवधि सकिएपछि उनीहरु नेपाल फर्कने तयारीमा छन । उहाँहरु यही अगष्ट १८ मा सेनाको जहाजमार्फत बेलायत आइपुग्नु भएको थियो ।
यतिबेला स्वीण्डन क्षेत्रमा ५२ जना नेपाली क्वारेण्टाइनमा बसेका छन । स्वीण्डनको जुरिस इन होटलमा रहेका नेपालीलाई स्थानीय नेपाली एशोसिएसन अफ विल्सायर, स्वीण्डनले खाना तथा लत्ताकपडा वितरण गरेको छ । एशोसिएसनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले होटलमै पुगेर नेपाली खाना दिएको बताउँदै आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले त्यहा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिनुभयो । काबुलबाट फर्कने क्रममा कतिपय नेपालीसँग अतिरितm पहिरन समेत नरहेको अवस्था पाएको उहाँले बताउनुभयो ।
यसैगरी बेलायतको रिडिङ्गको एक होटलमा ५६ जना नेपाली क्वारेण्टाइनमा बसेका छन । उनीहरुको अवस्था अहिलेसम्म सामान्य छ । फर्किनेमध्ये अधिकांश सुरक्षा गार्डको रुपमा कार्यरत छन । बेलायती सेक्युरिटी कम्पनी गार्डावर्ड र हार्ट इण्टरनेशनलमार्फत उनीहरु काबुल पुगेका थिए । उनीहरुलाई बेलायती सेनाको एयरफिल्डमार्फत बेलायत ल्याइएको हो । यसअघि एक सय एकजना नेपाली लण्डन ट्राजिन्ट हुँदै नेपाल फर्किसकेका छन ।
लण्डनस्थित नेपाली राजदूतावासले अफगानिस्तानबाट बेलायत आइ पुग्नुभएका नेपालीबारे चासो लिदै नेपाल नर्फकदासम्म आइपर्न सक्ने समस्या र आवश्यक पर्ने सहयोगका लागि समन्वय गर्ने जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?