logo
२०७८ कार्तिक २ मंगलवार



यूएईद्वारा कोभिड परीक्षणमा कडाइ, हवाइ उडान प्रभावित

विदेश |


यूएईद्वारा कोभिड परीक्षणमा कडाइ, हवाइ उडान प्रभावित


काठमाडौं, साउन २६ गते । संयुक्त अरव इमिरेट्स (यूएई ) ले कोभिड–१९ को परीक्षणमा थप कडाइ गरेको छ । यूएई सरकारले ७२ घण्टासम्मको पोजेटिभ पिसिआर रिपोर्टलाई मान्यता नदिने भएपछि हवाइ उडान प्रभावित बनेको छ ।

युएइ सरकारले ५ अगष्ट देखि लागु हुने गरी ४८ घण्टाको पिसिआर रिपोर्ट नेगेटिभ हुनुपर्ने, नेपालको विमानस्थलमा र्यापिड टेष्ट, एन्टीजेन टेष्ट गरेको हुनुपर्ने प्रावधान अनिवार्य बनाएको आबुधावीस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जनाएको छ । प्रवेशमा कडाइ गरेसँगै हिमालय एअरलाइन्सले मंगलबार यूएईको उडान रद्द गरेको जनाएको छ ।

यूएई सरकारले यूएईको आवासीय भिसा भएको र यूएई भित्रै दुई मात्रामा कोभिड विरुद्धको खोप लगाएकालाई मात्र प्रवेश दिने जनाएको छ । तर प्रवेशका क्रममा भने यूएई विमानस्थलमा ओर्लिएपछि पुनः पिसीआर टेष्ट गर्नुपर्ने, क्वारेन्टीन र स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?