logo
२०८० चैत्र १६ शुक्रवार



माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर कविता महोत्सव गरिदै

विदेश |


माधवप्रसाद घिमिरेको जन्मजयन्तीको  अवसर पारेर कविता महोत्सव गरिदै


नारायणगढ समाचारदाता
भरतपुर साउन २४ गते । अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष अनेसास कविता महोत्सव’ आयोजना गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ’माइला’ को अध्यक्षतामा हालै सम्पन्न बैठकले वार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो ।
हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर महोत्सव अयोजना गर्ने निर्णय भएको अध्यक्ष पौडेलले गोरखापत्रलाई जानकारी दिनुभयो ।
हाल जापानमा रहनुभएका पौडेलल स्रष्टाहरूलाई निरन्तर लेखनमा आबद्ध गर्दै थप उर्जा प्रदान गर्ने अभिप्रायले यस किसिमको महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।
“अबदेखि प्रतियोगितालाई व्यवस्थित र दीर्घकालीन बनाउने उदेश्यका साथ महोत्सवको अवधारणा आएको हो । जसले राष्ट्रकविप्रति सच्चा सम्मान पनि प्रकट हुने विश्वास लिएका छौ”, उहाँले भन्नुभयो ।
यो वर्षको महोत्सव सम्पन्न गराउनका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष गोर्वधन पूजाको संयोजकत्वमा तीन सदस्यीय कार्यदल  बनाइएको छ । महोत्वसका वेला आयोजित कविता प्रतियोगितामा प्रथम हुने कवितालाई पाँच सय डलर द्वितीय हुनेलाई तीन सय डलर अर्थात करिव ३५ हजार रुपियाँ र तृतीय हुने तीन जनालाई दुई सय डलर अर्थात २३ हजार ६ सय रुपियाँ पुरस्कारको ब्यवस्था गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । पहिलो पटक यो महोत्सव सन् २०२२ को अप्रिलमा गर्ने गरि तयारी भैरहेको बताइन्छ ।

अनेसाास बोर्ड अफ ट्रस्ट्रीकी अध्यक्ष गीता खत्रीले यस्ता कार्यक्रमले संसारभर छरिएर रहेका स्रष्टाहरूलाई गोलबद्ध गर्दै लैजान सहयोग पुग्ने धारणा राख्नुभयो ।  सन् १९९१ मा स्थापना भएको अनेसासको अहिले विश्वभरि पाँच दर्जन च्याप्टरहरू सक्रिय छन् । अनेसासका दुई हजार दुई सयभन्दा बढी आजीवन सदस्य छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?