logo
२०७८ असोज ९ शनिवार

दैनिक अध्यावधिक

image
1103

सङ्क्रमित

image
1550

निको भएका

image
9

मृत्यु भएका

मिति:आश्विन ८, २०७८ (१६:४१)
स्राेत:https://covid19.mohp.gov.np/



एनआरएन पेन्सिलभेनिया च्याप्टर गठन

विदेश |


एनआरएन पेन्सिलभेनिया च्याप्टर गठन


गाेरखापत्र अनलाइन

पेन्सिलभेनिया (अमेरिका), साउन १२ गते । एनआरएनए पेन्सिलभेनिया च्याप्टरमा सुभाषकुमार बैठाको अध्यक्षतामा पहिलाे पटक १२ सदस्यीय एनआरएन पेन्सिलभेनिया च्याप्टर गठन भएकाे छ । उक्त च्याप्टरको उपाध्यक्षमा सरिता लामा, सचिवमा रमेश लामिछाने, सहसचिवमा नारायण बस्तोला, कोषाध्यक्षमा सविता पौडेल र युथ कोअर्डिनेटरमा सलिम गर्वुजा रहनुभएको छ । कार्यसमितिका सदस्यहरुमा तेजप्रसाद पन्थी, समुन्द्र कार्की, माधव पोख्रेल, पूर्ण लम्साल, सुवाश विष्ट र रविन पाख्रिन हुनुहुन्छ ।

एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्थले पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । व्रुकमेडो फर्म ह्यारिसवर्गमा आयोजित कार्यक्रममा नेपाल सरकारका अवैतानिक महावाणिज्यदुत प्रेमराजा महतले पेन्सिलभेनियामा च्याप्टर गठनप्रति खुशी व्यक्त गर्दै संस्थामार्फत मातृभूमि र यहाँस्थित नेपालीहरुको हीतमा काम गर्न सहज हुने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पन्थले प्रवासमा एनआरएनए महत्वपूर्ण संस्था भएको उल्लेख गर्दै च्याप्टरसँग सहकार्य गरी प्रभावकारी कार्यक्रम ल्याइने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल, एनआरएन आईसीसी टेक्निकल सव कमिटी सदस्य यदु वन्जारा, एनआरएनए क्षेत्रीय संयोजक समर वुढाथोकी, एनआरएनए अभियानमा सक्रिय वुद्धिराज कालाखेति, भेषराज खत्री, जयन्द्र लामालगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?