logo
२०७८ श्रावण १६ शनिवार

दैनिक अध्यावधिक

image
2467

सङ्क्रमित

image
1816

निको भएका

image
27

मृत्यु भएका

मिति:श्रावण १५, २०७८ (१६:४२)
स्राेत:https://covid19.mohp.gov.np/

    भिक्टोरियो क्रम विजेत तुलबहादुर पुनको जीवन यात्रा  



बर्माको युद्ध, गाउँको प्रधानपञ्चदेखि बेलायती रेलको नामाकरणसम्म

विदेश |
समाज |


बर्माको युद्ध, गाउँको प्रधानपञ्चदेखि बेलायती रेलको नामाकरणसम्म


करुण अर्याल
लण्डन, साउन २ गते । नेपालका गोरखाली सैनिक संसारमै वीरता र साहसका लागि प्रख्यात छन् । गोरखालीको वीरताको गाथामा आधारित विभिन्न पुस्तक अन्तर्राष्ट्रियस्तरमै प्रकाशित हुँदै आएका पनि छन् । यस्ता अनेकौँ साहसीमध्येका एक गोरखाली संयुतm अधिराज्य(बेलायत)को सर्वोच्च पदक भिक्टोरिया क्रस(भिसी) विजेता तुलबहादुर पुनको स्मरण यतिबेला बेलायतमा बस्ने नेपाली समुदायले मात्र होइन यहाँको एक रेल्वे कम्पनिले पनि गरेको छ । यूरोपकै केन्द्रबिन्दू बेलायतको राजधानी लण्डनमा गे्रट वेस्टर्न रेल्वे कम्पनिले आफ्नो रेल्वे सेवाको नाम यिनै साहसीको नाममा नामकरण गरेको छ । पुनको नाममा कुँदिएको रेल यतिबेला लण्डन प्याडिङटन–ब्रिस्टोलमा गुडी रहेको छ । कम्पनिले विगतदेखि नै महत्वपूर्ण अवसर पारेर विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यतिmको नाममा रेल्वेको नामकरण गर्दै आएको छ । ग्रेट वेस्टर्नकी मानव संशाधन निर्देशक रुथ बस्बीले ग्रेट वेस्टर्न रेल्वेले समुदायको पहिचान, स्वामित्व र सहयोगका लागि लामो समयदेखि रेल्वेको नाम विभिन्न व्यक्तिका नाममा गरिरहेको बताएसँगै पुनको व्यतिmत्वको आयाम दर्शिन्छ । नेपाली समुदायबाट रेल्वेको नामाकरण गरिने पुन पहिलो व्यतिm हुनुहुन्छ । पुनको सन २०११ अप्रिल ४ मा निधन भैसकेको छ ।
गोरखा पल्टनमा आवद्धता
म्याग्दी जिल्लाअन्र्तगत हालको रघुगङ्गा गाँउपालिका १ मा सन १९२३ मा जन्मनु भएका भिसी पुनलाई गोरखा सैनिकमा भर्ति हुन खासै समस्या भएन । बुवा पल्टनमा भएकाले नै होला,उहाँ त्यसतर्फ आर्कषित हुनुभयो । १७ वर्षको कलिलो उमेरमै ब्रिटीश गोरखामा भर्ति भएर चारवर्षको छोटो अवधिमै सर्वोच्च पदक भिक्टोरिया क्रस पाउनुले उहाँको अदम्य साहस र वीरतालाई झल्काउँछ ।
बेलायतमा बस्दै आउनु भएका पुनका जेठा छोरा अर्जुनले बुवाले भनेको कुरा स्मरण गर्दै भन्नुहुन्छ,–पल्टनमा भर्ति भएको चार बर्षमा विभिन्न किसिमको तालिम लिएपछि दोस्रो विश्वयुद्धमा तत्कालिन बर्मा(हाल म्यान्मर)को मगाउ शहरमा लडन उहाँ खटिनुभयो । जापानी सेनाको कब्जामा रहेको सो शहरलाई आफ्नो पक्षमा ल्याउन पल्टन सक्रिय थियो । सो पल्टनको कम्पनि कमाण्डर बेलायती चर्चित अभिनेत्री तथा सामाजिक अभियन्ता जोआना लुम्लेको बुवा हुुनुहुन्थ्यो । त्यसबेला लुम्लेको जन्म भएको थिएन । सो लडाइँमा पल्टनका धेरै घाइते मात्र भएनन् कतिपयको मृत्युसमेत भयो । लुम्लेको बुबालाई गोली लागेको थियो । उहाँ लगायतलाई उद्धार गर्दै बुबा दुश्मनको क्षेत्रमा प्रवेश गर्नुभयो । आफुसँग भएको गोलीगठ्ठा सकिएपछि खुकुरी चलाएर धेरै दुश्मनलाई हताहत बनाउनुभयो ।’ छोरा अर्जुन भन्नुहुन्छ,‘पछि सेनाकै अर्को समूहलाई जानकारी गराएपछि सो समूह आएर सो शहर पल्टनको अधिनमा भयो । ’ घाइते हुुनुभएका लुम्लेको बुवा पनि उपचार पछि ठिक भएर भारतको कश्मिरमा खटिनुभयो,त्यहाँ नै लुम्लेको जन्म भएको थियो ।
भिक्टोरिया क्रस
पुनले लडाईमा देखाएको वीरताको गाथा लण्डन गजेटमा पनि प्रकाशित भएको थियो । यही अदभ्य साहसका कारण सन १९४४ जुन २३ मा उहाँलाई भिक्टोरिया क्रस प्रदान गरियो । उहाँले यो पदक भारतमै थाप्नु भएको थियो । तुलबहादुर पुनले करिब २० वर्षसम्म गोरखा सेनामा काम गरेपछि अवकाश पाउनुभयो । यसबीचमा उहाँ दुई,तीनपटक बेलायत पुगेको छोरा अर्जुन स्मरण गर्नुहुन्छ । सिपाहीबाट सेवा शुरु गरेको उहाँको जागिरे यात्रा हवल्दारमा पुगेर टुङ्गिएको थियो । भिक्टोरिया क्रसको महत्व यतिबेला अझ बढेको बताउनुहुन्छ,छोरा अर्जुन अब भिक्टोरिया क्रस बनाउने धातु नै छैन भन्दा हुन्छ,उहाँ अनुमान गर्नुहुन्छ,‘करिब दशवटा बनाउने तक्माभन्दा बढी छैन होला । पहिलो विश्वयुद्धभन्दा अघिका युद्धमा प्रयोग भएका गोलीको सिसाबाट यो पदक बनाइने हो । त्यसैले यसको बनाउने काम बिस्तारै कम हुँदैछ । इतिहास र गौरवसँग जोडिएको यो धातु नै समाप्त हुने सङ्घारमा छ । ’ यद्धपि अहिले पनि अफगानिस्तानको युद्धमा लडेका योद्धाले भिक्टोरिया क्रस पाएका भने छन । हालसम्म एक हजार ३३७ वटा भिक्टोरिया क्रस पदक वितरण भएको छ । जसमध्ये १३ जना नेपालीले भिक्टोरिया क्रस पाएका छन । तीमध्ये बु्रनाईको युद्धमा लडनु भएका रामबहादुर लिम्बु मात्र अहिले जीवित हुनुहुन्छ ।
भिक्टोरिया क्रस पाएका र उनीहरुको परिवारलाई प्रत्येक दुई÷दुई बर्षमा बेलायतकी महारानीले आफ्नो दरबारमा बोलाउने गर्नुहुन्छ । संसारको जुन भागमा भएपनि उनीहरु निम्तो मान्न बेलायत आउँछन । एक हप्तासम्म दरबारमा चल्ने कार्यक्रममा रानीसँग प्रत्यक्ष भेटन वा संवाद गर्न पाइन्छ । पुनको छोरी मेघकुमारी पुन सन १९९५ मा बुवासँगै दरबार पुगेर रानीलाई भेटेको सम्झना गर्नुहुन्छ । यसैगरी भिक्टोरिया क्रस पछिको अर्को महत्वपूर्ण पदकको रुपमा जर्ज क्रस रहेको छ । अहिले भिक्टोरिया क्रस एण्ड जर्ज क्रस एशोसियशन बनेको छ । जसको संरक्षक रानी हुनुहुन्छ । यी दुवै पदक पाउने व्यतिm र परिवारलाई हरेक दुई÷दुई बर्षमा अहिले पनि कार्यक्रममा बोलाइन्छ । पदक पाउने व्यतिmको निधन भएपनि उनीहरुको परिवारलाई निम्तो हुने गर्छ ।

प्रधानपञ्चमा निर्वाचित
अवकाश पाएसँगै बुबा आफ्नै गाँउ फर्कनुभयो । उहाँ गोरखा वेलफेयर ट्रस्टमार्फत विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुनुभयो । सामाजिक सेवाकै क्रममा उहाँ गाँउको प्रधानपञ्चमा समेत निर्वाचित हुनुभयो । साथै जिल्ला पञ्चायत तथा धवलागिरी अञ्चलको सदस्यको रुपमा पनि काम गरेको छोरा अर्जुन बताउनुहुन्छ । उहाँ खानेपानी र विद्यालय स्थापना गरेर गाँउवस्तीमा विकासका गतिविधिमा सँलग्न हुनुभयो । गाँउमा उहाँको नाममा एउटा विद्यालय सञ्चालनमा छ । बुवाको नाममा स्थापित विद्यालयको भौतिक पूर्वाधार विकासमा लुम्लेले ठूलो सहयोग गर्नु भएको छ । बेलायका प्रिन्स चाल्र्स संरक्षक र अभिनेत्री लुम्ले सहसंरक्षक रहेको गोरखा वेलफेयर ट्रस्टले पनि सहयोग गरिरहेका छ । यसबाहेक तुलबहादुर भिसी फाउण्डेनस पनि अहिले सामाजिक कार्यमा सक्रिय छ । त्यसमार्फत विद्यालयका लागि आर्थिक सँकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार र सञ्चालनका लागि यसले आर्थिक सहयोग गरिरहेको छोरा अर्जुन बताउनुहुन्छ । पुनका दुईजना श्रीमतीबाट आठ छोरी र दुईजना छोरा हुनुहुन्छ । कान्छी श्रीमती कोरोनाका कारण बेलायत आउन नपाएकाले हाल नेपालमा हुनुहुन्छ । बुवा गोरखामा भर्ति भए पनि आफ्नो परिवारको कोही पनि भर्ति नभएको छोरा अजुर्न बताउनुहुन्छ । यद्धपि पाँचजना दिदीबहिनीको विवाह भने गोरखासँग भएको छ ।

गोरखा आन्दोलनमा सक्रिय
ब्रिटीश गोरखालाई भएको असमान व्यवहारविरुद्ध भूतपूर्व गोरखा सैनिक सङ्घको नेतृत्वमा आन्दोलन भैरहेको थियो । पहिलो र दोस्रो विश्वयुद्धलगायत विभिन्न युद्धमा बेलायतको तर्फबाट सहभागी भएका पूर्व गोरखाका लागि समानताको मुद्धा उठी रहे पनि यसले ठूलो चर्चा पाएको थिएन । बेलायतसँग प्रत्यक्ष जोडिएको विषय भएकाले होला कतिपय यस विषयमा खुलेर बोल्न चाहेनन् तर बुवा बोल्न डराउने मानिस हुनुहुन्थेन,छोरा अर्जुन भन्नुहुन्छ,‘भिक्टोरिया क्रस पाएको व्यतिmले भूतपूर्व गोरखाको असमानताको कुरा उठाएपछि यसले अन्तर्राष्ट्रियस्तरमा चर्चा पायो । यस मुद्धामा बुबा प्रत्यक्ष जोडिएपछि यसले थप उचाई लियो । त्यसपछि नागरिक समाज,बुद्धिजीवीहरु पनि अगाडि आए । पदमबहादुर गुरुङले नेतृत्व गर्नु भएको सङ्घमा बुवालाई संरक्षकमा राखियो ।
सन २००७ मा बेलायतको हाइकोर्टमा यस विषयमा मुद्धा दायर भयो । यसबीचमा बुुबा केही बिरामी पनि हुनुहुन्थ्यो,छोरा अर्जुन भन्नुहुन्छ, ‘मुद्धा परेपछि साक्षीको रुपमा बुवा बेलायत जानुपर्ने भयो । बुवा त्यसअघि पनि बेलायत नगएको होइन तर यतीबेला जानुको उदेश्य मुद्धालाई थप बलियो बनाउनु पनि थियो ,साथै उपचार पनि गर्नुपर्ने थियो । ’

दूतावासद्वारा भिसा अस्वीकार
बारम्बार बेलायत गैररहने भिसी पुनलाई यसपटक भने बेलायती दूतावासले भिसा दिएन । त्यसपछि बेलायतका कतिपय सञ्चारमाध्यम नेपाल आए र भिसा अस्विकार गरेको विषयलाई निकै महत्व दिएर समाचार प्रकाशन÷प्रसारण गरे । यसले ठूलो चर्चा पायो । भिसीलाई भिसा दिन अस्विकार गरेको समाचार आएपछि बेलायती जनताले गलत भयो भनेर यसको ठूलो विरोध गरे । यसैबीच अभिनेत्री लुम्लेले पनि यो समाचार सुनेपछि तत्काल प्रतिक्रिया जनाउनुभयो । उहाँले सञ्चारमाध्यममा पुन र गोरखाको बारेमा बोलेपछि यसको असर तत्काल देखियो । एक हप्तापछि उहाँलाई भिसा दिइयो । वास्तवमा गोरखा आन्दोलनको पहिलो खुडकिलो बुवालाई भिसा नदिएबाट सफल भएको मान्नुपर्छ । बुवाको भिसा ‘रेजेक्ट’ हुनु भनेको लाखौँ गोरखाले भिसा पाउने बाटो खुलेको हो छोरा अर्जन भन्नुहुन्छ, । यस कुरामा पुनको छोरी मेघकुमारी पनि सहमत हुनुुहन्छ,उहाँ भन्नुहुन्छ,‘ बुवालाई भिसा नदिनु भनेको लाखौँ गोरखाका लागि भिसाको लागि बाटो खुल्नु थियो । त्यही भएर भिसा नपाएको होला ।’ भिसा नपाएपछि बेलायतबाट वकिल पनि पुनको पोखरास्थित घर पुगेका थिए । छोरी मेघ सम्झनु हुन्छ,‘मुद्धालाई थप बलियो बनाउन भिडियो बनाइयो । भिडियो बनाउन म पनि सक्रियतापूर्वक लागे । गोरखाका छोराछोरीलाई पनि आउन दिनुपर्छ भनेर मैले भिडियोमा बोले । बुढाबुढीले मात्र सक्दैन छोराछोरी पनि आए सजिलो हुन्छ भन्ने आशयको भिडियो थियो ।’
‘भिसा लागेपछि पुनलाई लिन बेलायतको भर्जिन एयरलाइन्स भारतको नयाँ दिल्ली पुगेको थियो । लण्डन आएपछि हिथ्रो विमानस्थलमा उहाँलाई अति विशिष्ठ अतिथिको सत्कार गरियो ।
आवासीय अधिकारको निर्णय
सन २००९ मा हाइकोर्टले गोरखालाई कमनवेल्थ सरह सेवा सुविधासहित दिनुपर्ने फैसला ग¥यो । यसका लागि नीति नियम बनाएर कार्यान्वय गर्न सरकारलाई आदेश दियो । आवासीय अधिकारसहितको यो माग तत्काल सम्बोधन हुनुपर्नेमा कार्यान्वयनमा ढिलाई भयो । यद्धपि नियम बनाइए पनि २० बर्ष काम गरेको हुनुपर्ने हदबन्दी लगाइयो । जुन भेदभावपूर्ण थियो,छोरा अर्जुन भन्नुहुन्छ,‘त्यसबेला सिपाहीको पूर्ण सेवा अवधि १५ वर्ष र अधिकृतको २० वर्षको थियो ।’ अधिकांश गोरखा सिपाहीमा भएकाले यो पक्षपातपूर्ण थियो । त्यसको विरोधमा फेरि अभियान चलाइएपछि यस विषयलाई संसदीय सुनुवाई समितिमा लगियो । लुम्लेले समितिमा लैजाने वातवारण बनाउनुभयो । संसदीय सुनुवाईमा भएको मतदानमा सत्तापक्षका २६ जना सांसदले फ्लोर क्रस गरेर गोरखाको मागलाई समर्थन गर्नुभयो । त्यसलगत्तै कानून बनेपछि गोरखाले आवासीय सुविधा उपभोग गर्न पाए । यसका लािग लामो सङ्घर्ष गर्नुप¥यो । त्यसअघि १८ वर्षमूनिका गोरखाका छोराछोरीलाई मात्र बेलायत आउनका आवेदन दिन पाउथे । अहिले चार वर्षसेवा पूरा गरेकाको गोरखाको परिवारलाई मान्यता दिइएको छ । कानून बनेपछि अहिले हजारौँ गोरखाका परिवार बेलायतमा आवासिय अधिकारसहित बसेका छन । त्यसो त सम्पूर्ण माग पूरा नभएको भनेर समय समयमा आन्दोलन नभएका होइनन्,यद्धपि क्षतिपूर्ति,पेन्सन,आवासिय मुद्धा सम्बोधन भएका छन यसलाई सकरात्मक रुपमा लिनुपर्छ,छोरा अर्जुन भन्नुहुन्छ,‘यद्धपि केही कुरा अझै पनि बाँकी छ,त्यो पनि समयअनुसार पूरा हुँदै जाला ।’
छोरी मेघकुमारी भन्नुहुन्छ,‘ बुवाको यस अभियानलाई लुम्लेले सहयोग गरेर बेलायती सञ्चारमाध्यम,संसद,आम नागरिक र अन्तर्राष्ट्रियस्तरमा गोरखाको योगदान र उनीहरुलाई बेलायतले गरेको व्यवहार र मागलाई समर्थन गराउने एउटा ठूलो प्लेटफर्म तयार भयो । ’। पुनले लुम्लेलाई छोरी भनेपछि उहाँ भावुक बनेको छोरी मेघ बताउनुहुन्छ । छोरी मेघ २००७ देखि बेलायतमा बस्दै आउनु भएको छ । त्यतिबेला उहाँ भिजिटरको रुपमा आए पनि पछि वकिलहरुको सहयोगमा उहाँ लगायत भिसीका तीनजना छोराछोरीले बेलायतको आइएलआर पाएको उहाँ बताउनुहुन्छ ।
सन २०१० तिर बुबाले महारानीलाई भेटने चाहना परिवारसँग व्यतm गनुभएको थियो,अर्जुन भन्नुहुन्छ, ‘संयोगबस सोही वर्ष भएको कार्यक्रममा महारानीलाई बकिङ्घम दरबारमा भेटने मौका मिल्यो ।’रानीसँग हात मिलाउँदै उहाँले गोरखाका लागि राम्रो काम गर्नु भएको छ,अझै राम्रो होस् भन्नु भएको कुरा अर्जुन स्मरण गर्नुहुन्छ । त्यसपछि उहाँ बेलायतमा मेरो काम सकियो भन्दै नेपाल फर्कनुभयो । नेपालमा पोखरा पनि हाम्रो घर छ,अर्जुन भन्नुहुन्छ,, नदीपुरमा भिसीको नाममा भिसी मार्ग नामाकरण गरिएको छे । बुबालाई गाँउमा बस्ने पहिलेदेखि नै इच्छा भएकाले त्यसलगत्तै म्याग्दी पुगियो । घरमा कुलपूजा गरेर पोखरा फर्कने दिन उहाँ सोही राती वित्नुभयो । बुवाको नाममा रेलको नामकरण गर्नुमा गोरखा आन्दोलन सफल हुनु पनि एक हो । बुवा भिसी होल्डर मात्र भएर रेल्वेको नामकरण गरिएको होइन,अर्जुन भन्नुहुन्छ,‘यो सम्मान हाम्रो परिवार,गोरखा समुदायको मात्र होइन नेपालको पनि हो ।’ विगतमा गोरखाले गरेको गुन सम्झेर बेलायतले नेपाललाई विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्नुपर्छ । कोरोनाको यस महामारीमा खोप दिने कुरामा पनि ढिलाई गर्न हुँदैन,अर्जुन भन्नुहुन्छ,‘ अहिले पनि कतिपय गोरखा र उहाँहरुको परिवार नेपालमै बस्नुहुन्छ ।’

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप