logo
२०८० चैत्र १६ शुक्रवार



चीनको सीमावर्ती क्षेत्रका तिब्बती समुदाय नेपाली बजारमा निर्भर हुँदै  

विदेश |
अर्थ |
समाज |


चीनको सीमावर्ती क्षेत्रका तिब्बती समुदाय नेपाली बजारमा निर्भर हुँदै  
फाइल फाेटाे


फुङ्लिङ, असार २६ गते । तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ ।    
ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा विगतदेखि नै चीनको बजारमा निर्भर हँुदै आएको छ ।

कोभिड—१९ का कारणले यी सीमा क्षेत्रका समुदाय यतिबेला नेपाली बजारमा निर्भर हुँदै गएको छ ।    
चीन र नेपालको व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । दुई वर्ष अगाडि प्रत्येक पसलमा पाइने चीनका खाद्य तथा लत्ताकपडालगायतका आवश्यक सामग्री अहिले पाइँदैन । कोभिडको कारण दुई वर्षदेखि ओलाङचुङ्गोला क्षेत्रका टिप्ताला नाका बन्द हँुदा चीनबाट सामग्री निर्यातमा रोक्का भएपछि नेपाली बजामा निर्भर हुन बाध्य भएको स्थानीय व्यापारी बङ्ग्या शेर्पाले बताउनुभयो ।    

ओलाङचुङ्गोलामा भोटे समुदायको ५३ घर परिवार बसोवास गर्दै आएको छ भने १० घर याङमा गाउँमा बसोवास गरेको छ । यी प्रत्येक घरमा चीनका खाद्य सामग्रीदेखि अन्य आवश्यक सामग्री पाइने गरेकामा अहिले नभएको स्थानीयवासी नुपु शेर्पाले बताउनुभयो । चीनको व्यापारिक केन्द्र भएकाले ओलाचुङगोलामा चीनका सामग्रीको बजार विगतमा राम्रो खपत हुनेगर्थो ।    

गोला हुँदै ताप्लेजुङ जिल्लाका विभिन्न क्षेत्रमा चीनको सामग्री पुग्थ्यो । व्यापारीहरु गोला पुगेर चिनीयाँ सामान लिएर जाने गरेको शेर्पाले बताउनुयो । कोभिडका कारणले नाका बन्द भएपछि चीनको सामग्री आयात हुन नसक्दा चिनीयाँ सामग्री अभाव भएको स्थानीय बासिन्दाको भनाइ छ ।    
नाका बन्द भएपछि चीनबाट आवश्यक सामग्री आयात नहुँदा सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको याङ्मा गाउँका ठावा शेर्पाले बताउनुभयो । नेपाली खाद्य सामग्री हिमाली क्षेत्रमा पु¥याउन निकै खर्च लाग्ने उहाँले बताउनुभो । चीनबाट टिप्ताला नाका हँुदै आलाङचुङगोलामा सामग्री ल्याउँदा सस्तो पर्ने उहाँको भनाइ छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?